श्रावणको सोमबार – गोपेश्वरमा भक्तजनको आध्यात्मिक संसार (भिडियो सहित)

0


गैँडाकोट । आज श्रावणको दोस्रो सोमबार, गैँडाकोट २ मा रहेको गोपेश्वर महादेव मन्दिरमा विहानै देखि भक्तजनको भीड भाड देखिन्छ । विहान ४ बजेबाटै भक्तजनका लागि दर्शनका लागि व्यवस्था मिलाइएकोले भक्तजनको आगमन बढेको मन्दिरले जनाएको छ । भक्तजनलाई गेटबाट प्रवेश गरेपछि एकै पटक दर्शन गरेर फर्कन मिल्ने एकोहोरो दर्शन बाटो बनाइएको मन्दिरकी सचिव राधिका पाठकले बताउनुभयो । हरेक सोमबार फरक फरक विद्वानहरुबाट दिँउसो प्रवचन, सत्संग र भजन किर्तनको व्यवस्था मिलाइएको मन्दिरकी अध्यक्ष सिता न्यौपानेले बताउनुभयो । गैँडाकोटकैै पवित्र तीर्थस्थलको रुपमा परिचित बन्दै गएको गोपेश्वर महादेव मन्दिरमा सबै धर्मावलम्बीको आस्थाको केन्द्र भएको न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार श्रावणको दोस्रो सोमबार आज पण्डित बद्धिसागरजीको प्रवचन रहेको छ ।


श्रावण महिना भगवान शिबको प्रिय महिना भएकोले यो महिनामा पुर्णरुपमा शाकाहारी भएर ब्रत बस्नाले चिताएको पुग्ने र पुण्य प्राप्त हुने विश्वास राखेर पूर्ण निष्ठा र आदरका साथ गोपेश्वर महादेवको पुजा आरधना गर्नाले मनले चिताएको पुग्ने जनविश्वास समेत रहेको छ । गोपेश्वर महादेव मन्दिरमा एका विहानै पुगेका भक्तजनले आत्मसन्तुष्टि, धार्मिक परम्परा, आध्यात्मिक संसारले मन्दिर सम्म ल्याएको बताएका छन् । गैँडाकोट २ की प्रमिला केसीलाई गोपेश्वर महादेव मन्दिर आफ्ना लागि आध्यात्मिक संसार जस्तो लाग्ने गरेको बताउनुभयो ।


विहान सबैरै मन्दिरमा दर्शनका लागि पुग्नुभएका गैँडाकोट १ का लक्ष्मी चालिसेले मन्दिरले दर्शनका लागि मिलाएको व्यवस्थापन राम्रो रहेको बताउनुभयो । धेरै जसो भक्तजनले चप्पलजुत्ताको व्यवस्थापन बाहेक अन्य व्यवस्थापन राम्रो रहेको बताएका छन् ।
गोपेश्वर महादेव मन्दिर अहिले महिला दिदीबहिनीको व्यवस्थापनमा सञ्चालन भइरहेको छ । मन्दिरको सञ्चालक समितिको अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी र सदस्यहरु महिला मात्रै रेहका छन् । एका विहानै मन्दिरका सम्पूर्ण महिला पदाधिकारीहरु मन्दिरमा भक्तजनका लागि सहज व्यवस्थापनका लागि पुग्ने गरेका छन् ।
गोपेश्वर महादेव मन्दिरबाट श्रावण महिनाभर प्रत्येक सोमबार सुने जितिन्छ विजय एफ एमले विहान ५ बजेबाट आधि घण्टा प्रत्यक्ष प्रसारण समेत गर्दै आइरहेको छ । यसैगरी विजय एफ एमले विभिन्न शिवालयहरुबाट प्रत्यक्ष प्रसारण गरेको छ । आजमात्रै कालिका मन्दिर गैँडाकोट ८, कोटेश्वर मन्दिर गैँडाकोट ४, हरिहर मन्दिर गैँडाकोट ७, शिवालय मन्दिर शारदानगर चितवन, शिवालय मन्दिर भेडाबारी, शिवालय बोलबम मन्दिर धर्मचोक मन्दिर चितवन, त्रिपुरेश्वर मन्दिर अमरापुरीबाट प्रत्यक्षप्रसारण गरेको  छ ।

Share.

Leave A Reply