शैक्षिक हड्तालका कारण आज शिक्षण संस्था बन्द

0


गैँडाकोट, २१ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनले शैक्षिक हड्ताल घोषणा गरेका कारण आज मुलुकभरका सवै शिक्षण संस्था बन्द भएका छन् । शिक्षण संस्था बन्द भएपछि पढाइ प्रभावित भएको हो । नीजि विद्यालय संचालकलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनले हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग गरेका छन् । संयुक्त ८ विद्यार्थी संगठनले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताललगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका थिए । शैक्षिक मागसँगै सरकारले बढाएको पेट्रोलिय पदार्थको मूल्य वृद्धिको पनि विद्यार्थीले विरोध गरेका छन् ।

Share.

Leave A Reply