शुभ टोल विकास संस्थामा पुनः मन्जु घिमिरे ।

0

गैँडाकोट ९ पुष ।


शुभ टोल विकास संस्था गैँडाकोट वडा नं १ को प्रथम अधिवेसनले अधिवेसनले पुनः मन्जु घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । शनिवार भएको अधिवेसनबाट उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा सुरेश रेग्मी, कोषाध्यक्षमा शुशिला पाण्डे, सहसचिवमा यममाया पुलामी, सदस्यहरुमा धनविर छन्त्याल, सुकदेब बराल माया सापकोटा, सुकमाया नेपाली, दिलकुमारी पुलामी थापा, मुक्तिराम कंडेल, विनोद रेग्मी र बाबुराम घिमिरे रहनुभएको सचिव सुरेश रेग्मीले जानकारी दिनुभयो । यसअघि शनिवार नै साधारण सभा पनि सम्पन्न भएको छ ।

 

संस्थाकी अध्यक्ष मन्जु घिमिरे न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं १ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले वडाको विकासका लागी हरेक टोल विकास संस्थाले भुमीका निर्वाह गर्नुपर्ने बताउनुभयो । सबै वडामा कार्यक्रममा बोल्ने वक्ताहरुले वडालाई समुन्नत वनाउन दुव्यर्सनी हटाउन सुझाव दिएका थिए । कार्यक्रममा शान्ति तथा पुन निमार्ण मन्त्रालयका पुर्व उपसचिव लक्ष्मी शरण घिमिरे, नवपारिजात टोल विकास संस्थाका अध्यक्ष कमल गौतम, गैँडाकोट पम्पींग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष दुर्गादत्त कुँवर, वडा सदस्य राजेन्द्रराज उपाध्याय, टोल विकास संस्थाका सल्लाहकार ईन्द्रराज भट्टराई, लेखा समिति सदस्य क्याप्टेन गजेन्द्र केसि र टोलबासिको तर्फबाट सुरेन्द्रराज भट्टराई बोल्नुभएको थियो ।

कार्यक्रममा सचिव सुरेश रेग्मी र कोषाध्यक्ष राधा उप्रेतीले प्रस्तुत गर्नुभएको आर्थीक र प्रगती प्रतीवेदन पारित भएको छ । संस्थाले यसबर्ष ५० हजार ४० रुपैयाँ आम्दानी गरेको प्रतीवेदनमा उल्लेख छ । कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको स्वागत मन्तव्य रहेको थियो ।

 

Share.

Leave A Reply