शुभदीपावलीको हार्दिक मंगलमय शुभकामना

0


विजय एफ एम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले तिहार पर्वको अवसरमा सम्पूर्णमा शुभकामना प्रदान गरेको छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलद्धारा जारी शुभकामना सन्देशमा विज्ञापन दाता, स्रोता आफन्त, पाठक वर्ग, शेयर सदस्य र सम्पूर्ण कर्मचारीहरुमा सु स्वास्थ्य र दिर्घायुको साथै उत्तर उत्तर प्रगतिको कामना गर्नुभएको छ । दाजुबहिनी बीचको माया र समुधुर सम्बन्ध प्रदर्शन गर्ने यस पर्वले समाजमा भातृत्वको भावना विकास गरोस् भन्ने कामना गरिएको छ ।
यस्तै विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले नेपालीहरुको उज्यालो पर्व शुभदिपावलीको पावन अवसरमा शुभकामना सन्देश प्रदान गर्दै सम्पूर्ण नेपालीहरुमा दाजुबहिनीको जस्तो समुधुर सम्बन्ध समाजमा कायम होस् भनि शुभकामना दिनुभएको छ । उपाध्यायले समाजमा दिदीबहिनीको असुरक्षा बढ्दै गएको सन्दर्भमा यस उज्यालो पर्वले बाहिरी आवरण मात्र उज्यालो नभएर मनभित्रका सम्पूर्ण क्लेशहरुको विनाश हुँदै सबैको मंगलमय होस् भन्ने कामना गर्नुभएको छ । साथै विज्ञापन दाता, व्यावसायी, पाठक तथा स्रोता आफन्त, कर्मचारी साथीहरु, सञ्चालक सबैमा शुभदीपालीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल पञ्चागं निर्णायक समितिले यस वर्ष २०७५ को भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको जनाएको छ । भाइटीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिनु भएको छ । तिहारमा भाई र दिदि बहिनीको बिेशेष पर्वको रुपमा लिईने गरिन्छ । तिहारको मुख्य दिन कार्तिक २३ गते भाइटीका दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइ दिने चलन छ ।
यसैगरी यमपञ्चकको आज चौँथो दिन गाई तथा गोवर्धन पर्वतको पूजा गरिएको छ । गोवर्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो । हिन्दू पौराणिक कथन अणुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी, दाउरा इत्यादी दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुने कुरा राख्छन् र सवैजना त्यसै गर्न राजी हुन्छन् । गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन गोरूको पनि पूजा गरिन्छ । यो तिहारको तेस्रोरचौथो दिन यो चाड पर्दछ । यस पर्वलाई गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा पनि भनिन्छ ।

Share.

Leave A Reply