शीतल बाटिकाको कम्पाउन्ड वाल निर्माण हुने

0


गैँडाकोट, १८ भाद्र । पूर्वी नवलपरासीको गैंडाकोट ७ मा रहेको शीतल बाटिकालाई व्यवस्थित गरिने भएको छ । पार्कका रुपमा विकसित हँुदै गएको गैंडाकोट ७ मा रहेको शीतल बाटिकाको कम्पाउन्ड वाल निर्माण गरिँदैछ । श्रीकृष्ण जन्माष्टमीका दिन प्रमुख अतिथि गैंडाकोट ७ का वडाअध्यक्ष चोलानाथ उपाध्यायले कम्पाउन्ड वालको शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले सार्वजनिक रुपमा रहेका यस्ता पर्ती जग्गाहरु अब वडा समितिले संरक्षण गर्ने बताउनुभयो । साथै उहाँले वडालाई आवश्यक पर्ने कार्यहरुका लागि यस्ता पर्ती जग्गाहरुको सदुपयोग गरी यस वडालाई गैंडाकोट नगरपालिकाको आकर्षणको केन्द्रविन्दुका रुपमा विकास गर्दै लैजाने बताउनुभयो । कार्यक्रममा वडा सदस्य ईश्वरीप्रसाद चापागाई, लिला कुमाल, उमा सापकोटा लगायत स्थानीय वडाबासीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बाटिकाका अध्यक्ष लक्ष्मण ओझाले यस्ता किसिमका पार्क लगायत सार्वजनिक कार्यहरु गर्दै गए वडा नम्बर ७ लाई गैंडाकोटको नमुना वडाका रुपमा स्थापित गर्न सकिने बताउनुभयो ।

Share.

Leave A Reply