शिक्षामा राजनीति बन्द गरौँ ः महामन्त्री कोइराला

0

गैडाकोट,२७ चैत्र । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद डा.शशांक कोईरालाले शिक्षामा राजनीतिकरण बन्द नभए सम्म मुलुकको बिकास असम्भब रहेकोमा जोड दिनुभएको छ ।

शिक्षाको बिकास बिना मुलुकको बिकास सम्भब नरहेको बताउँदै डा.कोइरालाले शिक्षामा राजनीति पुर्ण रुपमा बन्द हुनु पर्नेे बताउनुभएको छ । पुर्बी नवलपरासीको कावासोती नगरपालिका १३ स्थित कालिका आधारभुत बिद्यालयको रजत जयन्ती समारोहलाई आज समापन गर्दै काग्रेंस महामन्त्री तथा सांसद डा.कोइरालाले सो कुरा बताउनुभएको हो ।

शिक्षाको बिकासले मात्र समृद्धिको बाटो अघि बढने र त्यसबाट मात्रै बिकास  हुने भएकाले सबैले राजनीति भन्दा माथि उठेर अघि बढेमा हरेक समस्याको स्थायी समाधान हुनेमा  डा.कोइरालाले जोड दिनुभएको छ ।उहाँले जब सम्म शिक्षक ,हाम्रा अभिभाबक र बिद्यार्थी प्रति जिम्मेवार र सचेत हदैंनन तब सम्म कुनै पनि शिक्षाले फड्को मार्न नसक्ने बताउँदै जब सम्म हामी बिकास को कुरा गछौं तब सम्म हरेक कुरामा राजनीति हाबी हुन नहुनेमा जोड दिनुभयो ।

हामीले प्रण गरेर नै शिक्षामा केही गर्नु पर्छ भनेर लाग्यौं भने साँच्चिकै अघि बढन सक्छौं र त्यसका लागि सबैको सोच सकरात्मक हुनु पर्नेमा कोइरालाले जोड दिनुभयो । शिक्षा उज्यालो दिशा तर्फ लम्कने खुडकिलो भएकाले यस्को बिकासमा अग्रसर हुन आग्रह गर्नुभयो । महामन्त्री तथा सांसद डा.कोइरालाले शिक्षा क्षेत्रको बिकासमा हरेक नेपालीको भूमिका समान भएकाले जब सम्म शिक्षा प्रति सबैको दृष्टिकोण सकरात्मक बन्दैन तब सम्म समाजले सहि भूमिका निभाउन सक्दैन र यस्का लागि सबैको भूमिका सबल र प्रभाबकारी हुनु पर्नेमा जोड दिनुभयोे ।

उहाँले शिक्षा पेशा मर्यादीत हुनु पर्नेमा जोड दिदैं शिक्षकले राष्ट र जनता प्रति बिश्वास दिलाएर काम गर्नु पर्नेमा जोड दिनुभयो । डा.कोइरालाले शिक्षकले राजनिित गर्न नहुनेमा जोड दिदैं कोइरालाले बालबालिकाको भबिष्य कुनै पनि अबस्थामा बिगार्न नहुनेमा जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रको बिकासमा सबैले हातेमालो गरेर अघि बढेमा शिक्षामा कायपलट हुने पनि बताउनुभयो र भन्नुभयो बिकास र समृद्धिको मुल आधार नै शिक्षा हो ।कार्यक्रममा रजत जयन्ती समारोहमा बिद्यालयलाई महत्वपुर्ण योगदान दिनुहुने ब्यक्तिहरुलाई डा. कोइरालाले सम्मान गर्नुभएको थियो । आजै काग्रेंस कार्यकर्ताहरुको भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले नेपाली काग्रेसमा आमूल परिबर्तनको आबश्यकतामा जोड दिनुभएको छ । डा.कोइरालाले पाटीृको नेतृत्व फेरिदैंमा आमूल परिबर्तन नहुने र त्यसका लागि कार्यकर्तामा एकताको आबश्यकता रहेको बताउनुभयो ।्डा.कोइरालाले काग्रेसमा अब आमूल परिबर्तन आबश्यक रहेको र अब नयाँ बिचारले मात्र काग्रेंस अघि बढने  बताउनुभयो । डा.कोइरालाले मुलुकको आर्थिक समृद्धिका कुरामा र काग्रेसले जनतालाई समयमै बुझाउन नसक्दा नै काग्रेस गत निर्बाचनमा पराजय भएको बताउनुभयो ,। महामन्त्री डा. कोइरालाले नेपाली काग्रेस ले जनता माझ गरेका सकरात्मक कामहरुको बारेमा जनता माझ पुरयाउन नसकेको र पार्टीमा हामी भन्दा म को संस्कारले जरा गाडेका कारण पार्टीले पराजय भोग्नु परेको स्पष्ट पार्नुभयो ।
अब काग्रेसमा एकता र संगठनमा आमूल परिबर्तनको आबश्यक छ र त्यसका लागि पार्टीमा हरेक निकाय र कमिटीमा बहश हुनु जरुरी रहेको र बताउँदै महामन्त्री डा.कोइरालाले अब पुरानो र्ढरा बाट होईन पार्टीलाई नयाँ जबिन दिन आबश्यक छ र त्यसका लागि पार्टीका तल देखि माथि सम्मका साथीहरु जिम्मेवार हुनै पर्ने समय आएको बताउनुभयो । महामन्त्री डा. कोइरालाले नेपाली काग्रेंस प्रतिपक्षमा बसेर संगठनमा सकृय हुनु पर्ने परिस्थिति आएको र यसलाई गाउँ देखि नै संगठन सुदृढिकरणमा लाग्न आबश्यक रहेको मा कोइरालाले जोड दिनुभयो ।
उहाँले अब काग्रेंस एक ढिक्का भएर संगठनमा होमिनु पर्ने र अब पार्टीमा शुद्धिकरण आबश्यक रहेकोमा जोड दिनुभयो । डा कोइरालाले काग्रेस बिचारले अघि बढने पार्टी भएकाले पार्टीमा बिचलन आउन नदिने बताउनुभयो । कोइरालाले काग्रेंस ले जस्तो सुकै बिषम परिस्थितिमा पनि मुलुकलाई अघि बढाउन सक्ने तागत रहेको स्पष्ट पार्नुभयो ।
महामन्त्री डा.कोइरालाले कम्युनिष्ट शासन बिश्वबाटै पतनको बाटोमा अघि बढिरहेकाले त्यसको लागी हतारिनु र चिन्ता गर्नु नपर्ने बताउनुभयो र भन्नुभयो कागेंसका कार्यकर्ताहरुलाई बर्तमान चुनौतीको सामना गर्न र अब संगठनमा एक भएर लाग्न आग्रह गर्नुभयो ।

Share.

Leave A Reply