शिक्षक कर्मचारीलाई पार्टिको कार्यक्रममा सहभागी नहुन गैँडाकोट नगरकार्यपालीकाको निर्देशन

0

गैँडाकोट ४ मंसिर ।
प्रदेश र प्रतीनिधी सभा निर्वाचन नजीकिएसंगै प्रचार अभियान तथा विभिन्न पार्टीमा शिक्षक र बिद्यालयका कर्मचारी सहभागी भएको भन्दै गैँडाकोट नगर कार्यपालीकाले त्यस्ता कार्यक्रममा सहभागी नहुन निर्देशन जारी गरेको छ ।

नगर कार्यपालीकाका सचिवालय द्धारा जारी पत्रमा गैँडाकोट नगरक्षेत्रका सबै सामुदायीक बिद्यालयलाई सम्बोधन गर्दै शिक्षक तथा कर्मचारी विभिन्न पार्टीका कार्यक्रममा सहभागी भएको र त्यसले बिद्यार्थीको पठनपाठनमा प्रभाव पारेको उल्लेख गरीएको छ ।

नगरभित्रका बिद्यालयका शिक्षक कर्मचारी त्यस्ता कुनै पनि पार्टिका कार्यक्रममा सहभागी नहुन र बिद्यार्थीहरुलाई समेत पार्टीको कार्यक्रममा संलग्न नगराउन नगरपालीकाले निर्देशन दिएको हो । निर्देशनमा भनिएको छ–“यदी यस्तो कार्यमा संलग्न भएको पाईएमा जुनसुकै शिक्षक तथा कर्मचारीहरुलाई नियमानुसार कारबाही अगाडी बढाईनेछ ।”

Share.

Leave A Reply