शहिद स्मारक ए डिभिजन लिगमा आज संकटा र सशस्त्र खेल्ने

0

विजय एफ.एम, गौडाकोट, २३ पौष 

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज संकटा र सशस्त्र प्रहरीवीचको खेल हुने भएको छ ।

यस्तै मंगलबार एनआरटीले बीबीसीसंग तथा मनाङ मर्स्याङ्दीले फ्रेन्ड्स क्लबसँग खेलेपछि जारी लिग सकिने छ । यस अघि हिजो सम्पन्न खेलमा थ्रीस्टार क्लबले तेस्रो स्थानमा रहेर शहिद स्मारक ए डिभिजन लिग फुटबलको यात्रा सकेको छ । अन्तिम खेलमा आइतबार हिमालयन शेर्पा क्लबमाथि २–० को जित निकाल्दै थ्रीस्टारले तेस्रो स्थानमा रहेर लिग सकाएको हो ।

३६ अंकसहित मनाङ मर्स्याङ्दी क्लबले उपाधि जित्दा संकटा क्लब २८ अंकसहित उपविजेता भएको अवस्थामा २६ अंक जोडेको थ्रीस्टार तेस्रो भएको हो । त्रिभुवन आर्मी क्लब चौथो भएको छ । अन्तिम खेलमा मच्छिन्द्र क्लबमाथि ३–० को जित निकाल्दै आर्मी २५ अंकसहित चौथो हुन सफल भयो ।

Share.

Leave A Reply