वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन अभिभावक शिक्षा आवश्यक

0


असार २४, कावासोती । सुरक्षित आप्रवासन परियोजना अन्र्तगत स्थानीय अभियानकर्ताहरुले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नवलपरासी (वर्दघाट सुस्तापुर्व) जिल्लामा अभिभावक शिक्षालाई जोड दिनुपर्ने बताएका छन् ।
सामी हेल्भेटास, हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ तथा कावासोती नगरपालिकाको साझेदारीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्र्तगत स्थानीय अभियानकर्ताहरुले कावासोतीमा भएको बैठकमा वैदेशिक रोजगार सम्बन्धी सूचनालाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए । त्यस्का लागि अझ वढि अभिभावकलाई सचेत गराउनुपर्ने बताएका थिए ।
सो क्रममा अभियानकर्ताहरुले गाउँघरमा भेटिएका वैदेशिक रोजगारी सम्बन्धी समस्या सूचना केन्द्रसम्म पठाउनुका साथै आवश्यक परामर्श गर्ने गरेको बताएका थिए ।
परियोजनाका कार्यक्रम संयोजक रितुराम सोती थापाले वढ्दो सामाजिक लागत न्युनिकरणका लागि अभियानकर्मीहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

Share.

Leave A Reply