वैदिक गुरुकुललाई अमेरिका बस्ने नेपालीबाट सहयोग

0

कार्तिक ३ गुञ्जनगर


पश्चिम चितवनको गुञ्जनगरमा रहेको श्री परमानन्दस्मृति वैदिक विद्या भवन ( गुरुकुल) का लागि अमेरीकामा रहेका नेपालीहरुबाट आर्थिक सहयोग जुटेको छ । शनिवार विद्यालय परिसरमा आयोजीत एक विशेष कार्यक्रमका बिच पोखराका हाल अमेरिका निवासी राजु भण्डारी र कल्पना भण्डारीले विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष श्रीललाल अधिकारीलाई सो रकम हस्तान्तरण गर्नु भएको हो ।
उहाँहरुले गुरुकुल सञ्चालनका लागि खोलीएको अक्षयकोषका लागि २ लाख ५४ हजार ६ सय ३० रुपैया सहयोग गरुनु भएको छ
सहयोग रकम मध्ये राजु र कल्पना भण्डारी दम्पतीले १ लाख २९ हजार ५ सय ८१ सहयोग गर्नु भयो । भण्डारी दम्पतीले आआपनो दिवंगत बुवा खेमराज भण्डारी र करुणा निधी अर्याल को स्मृतिमा सो सहयोग गर्नु भएको हो ।
अमेरीका जजिर्या निवासी ,साराह ब्रीवयरबाट २१ हजार ९ सय , सम्झना अर्याल कण्डे११ हजार १ सय ५९ रुपैया सहयोग गर्नु भएको छ ।


चितवन स्थाई घर भएका हाल अमेरीका निवासी महेश प्रसाद अधिकारी र दिपेश अधिकारी बाट ११ हजार ५९ रुपैया त्यस्तै पोखराका हाल अमेरीका निवासी , अमित ढुगनाबाट ११ हजार ५९ रुपैया र राममणी अधिकारी ६ हजार ५ सय ७० रुपैया सहयोग गर्नु भएको छ ।
सहयोग रकम मध्ये पोखरा स्थाई घर भएका हाल अमेरीका निवासी सुमेरु वराल, वर्षा पराजुली , राजन बुढाथोकी ,कमल कोइराला , प्रकास आर्चाय र रवी अधिकारी बाट जनही ५ हजार ५ सय ८४ रुपैया गरी ३३ हजार ५सय ७ सहयोग गर्नु भएको छ । , त्यस्तै पोखराका हाल अमेरीका निवासी हेमन्त कोइराला , सन्तोष विपना तमु , रीता त्रीपाठी बाट जनही ५ हजार ४ सय ७५ गरि १६ हजार ४सय २५ स सहयोग गर्नु भएको छ ।
यसैगरि राजविराजकी हाल अमेरीका निवासी वन्दनाबाट डेउ, २ हजार २ सय ९९ रुपैया सहयोग गर्नु भएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राजु भण्डारीले गुरुकुलका लागि सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । सो अवसरमा उहाँले भाषाको जननीको सस्कृत भाषाको संरक्षणमा गुरुकुलीय शिक्षा को भुमिका महत्वपुर्ण रहने भन्दै प्रवासमा रहेपनि आपनो भुमिका लागि नेपालीहरु अग्रसर रहिरहने धारणा राख्नु भयो । उहाँले गूरुकुल अवलोकन गरेपछि थप सहयोग गर्न उत्प्रेरित भएको समेत बताउनु भयो । कार्यक्रममा वडा १८ का सदस्य ज्योत्सना अधिकारीले वाड १८ मा रहेको गूरुकुल पश्चिम चितवन गरिमा बन्नसक्ने विचार राख्नु भयो ।
उहाँले वाडले गुरुकुलको भौतिक निमार्णमा सहयोग गर्ने बताउदै प्रवासमा रहेका नेपालीहरुले गूूूरुकुुलमा सहयोग गर्नु प्रशंशनिय कार्य भएको बताउनु भयो । गुरुकुलका सस्थापक अध्यक्ष खेमराज शास्त्रीले गुरुकुल शिक्षा वर्तमानको आवश्यकता रहेको भन्दै गूरुकुल सञ्चालनका लागि सबैले सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
भरतपुर १८ मा रहेको सो गुरुकुल २०५४ स्थापना भएको हो । हाल गूरुकुलमा २७ जना विद्यार्थीहरु आवासिय रुपमा अध्यन गरिरहेका छन्


गुरुकुलका अध्यक्ष अधिकारीले गुरुकुलको भौतिक निमार्णका लागि सहयोग आवश्यक रहेको बताउनु भयो । गुरुकुलका सचिव मुक्तिनाथ ढकालले गुरुकुल सञ्चालनका लागि स्थापित अक्षय कोष २४ लाख जम्मा भइसकेको बताउदै १ करोड जम्मा गर्ने लक्ष्य गुरुकुलको लक्ष्य समेत रहेको जानकारी दिनु भयो । तत्कालीन गुञ्जनगर गाविसले ५ क जमिन गुरुकुललागि उपलब्ध गराएको थियो । भौतिक निमार्णकका लागि भने महायज्ञ लगायतका विभिन्न कार्यक्रमहरु गरि सहयोग जुटाउने गरिएको छ ।यस वर्ष भरतपुर महानगरपालीका वडा १८ ले ५० हजार रकम समेत छुटाएको वाड सदस्य अधिकारीले जानकारी दिनु भयो ।
गुरुकल शिक्षा प्रणाली नेपाल को पहिचान भएको धामिक क्षेत्रका विज्ञहरु बताउछन् , वर्तमानमा नेपालमा सञ्चालीत आधुनिक शिक्षा प्रणाली व्यवारिक नभएको भन्दै आधुनिक र गुरुकुलीय शिक्षालाई सगसगै लैजान सके नेपाल मा रहेको वेरोजगार समस्या पनि समधान भई समतामुलक समाजको निमार्ण हुनसक्त्थ्यो की ???

Share.

Leave A Reply