विष्णु खत्री र गायिका रुपा बस्नेतको पञ्चेबाजा गीत ‘जाउँला ढोरपाटन’(भिडियो सहित)

0

बागलुङ, २ फागुन 

लोकगायक विष्णु खत्री र गायिका रुपा बस्नेतको पञ्चेबाजा गीत ‘जाउँला ढोरपाटन’ सार्वजनिक भएको छ । ‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत गीत बजारमा आएको हो ।

सुमधुर क्रियशिनले उत्पादन गरेको सो गीतमा शब्द र सङ्गीत खत्रीकै रहेको छ । आशिष अविरलको सङ्गीत संयोजन रहेको सो गीतको म्युजिक भिडियोमा तुलवीर थापा र साया भण्डारीको अभिनय रहेको छ ।

 

‘भिडियो’ को निर्देशन दिलीप रेग्मीले गर्नुभएको छ । ‘भिडियो’ को छायाङ्कन गायक खत्रीको जन्मथलो बागलुङको गलकोट र आसपासका क्षेत्रमा गरिएको हो । -रासस

Share.

Leave A Reply