विषादीको लेबल हेरेर मात्र प्रयोग गर्न व्यवसायी कंडेलको किसानलाई आग्रह ।

0

नवलपुर, जेष्ठ १ ।
हिमा अर्याल ।


तरकारीमा प्रयोग गरिने विषादी लेवल हेरेर मात्र प्रयोग गर्न किसानहरुलाई व्यवसायी तिलक कंडेलले आग्रह गर्नु भएको छ । सकेसम्म विषादीको प्रयोग गर्र्दै नगर्ने र यदि गर्नै परे निलो वा हरियो रंङको लेवल उल्लेख गरिएको हेरेर मात्र विषादीको प्रयोग गर्नु पर्ने कंडेलले बताउनु भयो । मंगलवार गैडाकोट ८ मा रहेको कालिका महिला सञ्जालले आयोजना गरेको एक दिने बेमौसमि तरकारी बाली तालिममा प्रशिक्षण दिदै कंडेल पशु विकास कृषि फारम गैडाकोट ८ का सञ्चालक समेत रहनुभएका कंडेलले यस्तो बताउनु भएको हो ।

विषादीमा लेवल रंङको आधारमा उल्लेख गरिएको हुन्छ । जसमा रातो र पहेलो लेवलका विषादीमा धेरै विषाक्त रहेको हुन्छ भने निलो र हरियो रङको लेवल लगाइएकोमा कम विषाक्त गरेको हुन्छ । निलो र हरियो रङ उल्लेख भएको विषादी प्रयोगको ३ दिन भित्र तरकारी खान सकिन्छ भने रातो र पहेलो लेवल लगाएको विषादी तराकारीमा प्रयोग गरेको डेढ महिना सम्म तरकारी खानु हुदैन ।

यो निकै विषाक्त समेत हुनाले माटोको गुणस्तरमा समेत नराम्रो असर पर्ने गरेको छ । विषादिको प्रयोग कसरी गर्ने भन्ने बारे जानकारी नहुदा स्वास्थ्यमा प्रतिकुल असर परेको भन्देै कृषकहरुले चिन्ता व्यक्त गरेका थिए ।कार्यक्रममा वडाध्यक्ष डिलाराम रिजालले उद्यमशिल बनाउन गाँउपालिकाले अर्थिक सहयोग देखी भौतिक सहयोग गर्न सधैँ तत्पर रहेने बताउनु भएको थियो । उहाँले तरकारीमा विषादि प्रयोग गर्नै परे अग्रानिक रुपमा उत्पादीत मल र विषादी प्रयोग गर्न आग्रह गर्नु भएको थियो ।

तालिममा सहभागि श्री जय माहादेव महिला समुहकी सदस्य लक्ष्मी भुषालले सहभागिको तर्फबाट बोल्दै विषादीको प्रयोग कुन लेबलको गर्ने र बेमौसमी तराकारी बालि उत्पादनबारे जान्न पाउदा खुसी लागेको प्रतिकृया दिनु भएको थियो । तालिममा बेमौसम समयमा लगाउन सकिने टमाटर, लौकमा, काउली बन्दा, बोडि लगाएत तरकारीको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा नन्दन सामुदायीक वनका अध्यक्ष घनश्याम कंडेल, वार्ड सदस्य बालप्रकाश अधिकारी, हरिमायाँ अधिकारी लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पार्वती सापकोटाले राख्नु भएको कार्यक्रमको सहजिकरण सचिव पद्मा सुबेदिले गर्नुभएको थियो । बडाध्यक्षँ डिलाराम रिजालको प्रमुख आतिथ्यता तथा कालिका सञ्जालकि अध्यक्षँ ज्ञानु कुमारी घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share.

Leave A Reply