विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नवलपरासीमा प्रभातफेरी गरिने

0


कावासोती, १९ बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसलको अवसरमा नेपाल पत्रकार महासघ नवलपरासीले पनि प्रभातफेरी गर्ने भएको छ । प्रत्येक वर्ष मे 3 तारीकका दिन मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा वैशख २० गते विहिवार नेपाल पत्रकार महासघ नवलरासीले कावासोती र परासी गरि दुइ स्थानमा एकै साथ प्रभातफेरी गर्ने भएको हो । नेपाल पत्रकार महासघले देशै भर विभिन्न कार्यक्रम गरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णया गरे संगै नवलपरासी शाखाले पनि परासी र कावासोतीमा प्रभातफेरी गर्ने तयारी गरिएको पत्रकार महासघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले वताउनु भयो । शुक्रवार विहान ठिक ८ वाजे पुर्वि नवलपरासीको कावासोती को फलफल चोक र पश्चिम नवलपरासीको परासीको वुद्धचोक वाट प्रभातफेरी कार्यक्रम सुरु गर्ने तयारी गरिएको पत्रकार महासघ नवलपरासीका सहसचिव बिष्णु गौडेलले जानकारी दिनु भयो ।

Share.

Leave A Reply