विश्वभर माया साटासाट गरेर आज प्रणय दिवस मनाइदै

0

गैडाकोट, २ फागुन ।

आज १४ फेब्रुअरी । आज प्रणय दिवस विश्वभर एक आपसमा माया तथा उपहार साटासाट गरी मनाइँदैछ ।

प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन चलिआएको छ ।

यस दिवसमा विशेषगरी गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिन्छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गर्दछन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । यसैविच आज चितवको सौराहामा विशेष रौनक हुनेछ । अहिले जारी फूड फेस्टिबलमा चहलपहल बढ्ने बताइएको छ ।

Share.

Leave A Reply