विश्वका ९ राष्ट्रसंग सहकार्य गर्दै गैँडाकोट ईंग्लीस स्कुल

0

गैँडाकोट भदौ ।


नवलपरासीको गैँडाकोटमा रहेको एक बिद्यालयले विश्वका ९ राष्ट्रसंगको सहकार्यमा अध्ययन अध्यापनलाई अगाडी बढाएको छ । शुक्रबार बिद्यालय परिसरमा भएको पत्रकार सम्मेलनमा बिद्यालयले हालै मात्र पाएको आईएसए अवार्ड र अन्तराष्ट्रिय स्तरका बिद्यालयसंगको सहकार्यबारे जानकारी गराईएको थियो । गैँडाकोट २ मौलाकालीका मार्गमा रहेको बिद्यालयले भारत, नाईजेरीया, युके, पाकिस्तान, अफगानिस्तान लगायतका राष्ट्रसंग सहकार्य गरी बिद्यालयमा हुने शिक्षण सिकाई प्रकृया र पठनपाठनबारे अनुभव आदान प्रदान भैरहेको जनाएको हो । यसबाट बिद्यार्थीहरुमा अनुभव र सिकाई साटासाट हुँदा पठनपाठनमा सहजता भैरहेको बिद्यालयको भनाई छ । यसबर्षबाट बिद्यालयले अष्ट्रेलीयाको एक बिद्यालयसंग पनी सहकार्य गरेको छ ।

अष्ट्रेलीयाको द ईसिंग्टन स्कुल संगको सहकार्यमा आगामी जुलाई अर्थात असार साउनमा ४ बिद्यार्थी र १ शिक्षक अष्ट्रेलीयामा आयोजना हुने वातावरण तथा जीव बनस्पती अध्ययन कन्फेरेन्समा सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा बिद्यालयका प्राचार्य हिरालाल अर्यालले व्रिटिस काउन्सीलले नेपाल सरकारसंगको समन्वयमा प्रदान गर्ने आईएसए अवार्ड यस बर्ष गैँडाकोट ईंग्लीस स्कुलले प्राप्त गरेको जानकारी दिनुभयो । यस बर्ष देशैभरका २४ बिद्यालयले यो अवार्ड प्राप्त गरेका छन् । नवलपरासीबाट गैँडाकोट ईंग्लीस स्कुलले मात्रै अवार्ड प्राप्त गरेको हो । बिद्यालयका शैक्षीक गतिबिधी र मुल्यांकनका आधारमा यो अवार्ड प्रदान गरीने प्राचार्य अर्यालले जानकारी दिनुभयो ।

यो अवार्डको मान्यता ३ बर्ष सम्म रहनेछ । तिनबर्षपछी पनि व्रिटिस काउन्सीलले सञ्चालन गर्ने आईएसए परियोजना अन्तर्गत पठन पाठन र शैक्षीक क्रियाकलापलाई निरन्तरता दिएर अवार्डको पुनः मुल्यांकनका लागी आवेदन दिने स्कुलले जनाएको छ । गत शनिबार काठमाण्डौँमा भएको अवार्ड वितरण कार्यक्रममा गैँडाकोट ईंग्लीस स्कुलका बिद्यार्थीहरुले विश्वव्यापी समस्याबारे लघु नाटक प्रदर्शन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
२०७२ फागुन २१ गते गैँडाकोट नगरपालीकाबाट पहिलो बालमैत्री र वातावरणमैत्री बिद्यालय घोषीत भएको यस बिद्यालयले बिद्यार्थीहरुलाई बिश्वव्यापी नागरीक बनाउने अभिष्टका साथ आफ्ना शैक्षीक कार्यक्रमलाई अगाडी बढाईरहेको छ । बिद्यालयले गरेको पत्रकार सम्मेलनमा बिद्यालयका प्राचार्य हिरालाल अर्याल, आईएसए कोअर्डिनेटर विना कोईराला, बिद्यालय व्यवस्थापन समितीकी अध्यक्ष बिष्णु पन्थी लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply