विश्वकप फुटबल ः लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा

0


गैँडाकोट, ८ अषाढ । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । गयराती भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको हो । यस्तै फ्रान्स रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । हिजो भएको समूह चरणको दोस्रो खेलमा पेरुलाई १–० ले हराउदै फ्रान्सले नकआउट चरणमा स्थान बनाएको हो । फ्रान्सलाई जित दिलाउन केलीयन एमबाप्पेले ३४ औं मिनेटमा निर्णायक गोल गर्नुभयो । यो जितसँगै समूह सी बाट फ्रान्सले एक खेल अगाबै अन्तिम १६ मा स्थान बनाएको हो । फ्रान्स अन्तिम १६ मा पुग्ने तेस्रो टोली हो । फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले हराएको थियो । अब फ्रान्सले अन्तिम खेलमा डेनमार्कसँग खेल्ने छ । फ्रान्ससँगको यो हारसंगै पेरु प्रतियोगिताबाट बाहिरीएको छ । पेरु पहिलो खेलमा डेनमार्कसँग १–० ले हारेको थियो । अब पेरुले अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्ने छ । यसअघि भएको खेलमा डेनमार्क र अष्ट्रेलियाले बराबरी खेल्दै अंक बाडेका थिए । दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा डेनमार्कले सुरुवाती अग्रता जोगाउन नसक्दा अष्ट्रेलियासँग बराबरी खेलेको हो । पहिलो हाफको सातौं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, खेलको ३८ औं मिनेटमा अष्ट्रेलियाका मिले जेडीनाकले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा सकिएको हो । सिआइएन

Share.

Leave A Reply