विश्वकप फुटबलमा ब्राजिल र बेल्जियम क्वाटर फाईनलमा, आज दुई खेल हुँदै

0

MOSCOW, RUSSIA – JUNE 27: Neymar of Brazil waves to the crowd following the 2018 FIFA World Cup Russia group E match between Serbia and Brazil at Spartak Stadium on June 27, 2018 in Moscow, Russia. (Photo by Quality Sport Images/Getty Images)

गैँडाकोट, १९ असार । विश्वकप फुटबलमा अन्तिम १६ को पाचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको छ । ब्राजिलका लागि फरवार्ड नेयमार र रोबर्टो फिर्मिनोले गोल गर्नुभएको थियो । खेलको ५१ औँ मिनेटमा विलियनको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाउनु भएको हो । खेलको अन्तिम मिनेटमा नेयमारकै पासमा परिवर्तित खेलाडी फिर्मिनोले गोल गर्दै ब्राजिलको जित सँगै अन्तिम ८ मा स्थान सुनिश्चित गर्नुभएको हो । इन्जुरी समयमा नासेर चाड्लीको निर्णायक गोलसँगै जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्वकप फुबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बराबरीतर्फ उन्मुख खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो । २–० ले पछि परेको खेल उल्टाउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा जापानले ४ मिनेटको फरकमा २ गोल गर्दै अप्रत्यासित अग्रता लिएको थियो । त्यसका विरुद्ध बेल्जियमले पनि ५ मिनेटको फरकमा २ गोल गर्दै खेलमा फर्किएको थियो ।

विश्वकपमा आज दुई खेल हुँदैछ । नेपाली समय अनुसार आज राती ७ ः ४५ मा स्विजरल्यान्ड र स्विडेन तथा ११ ः४५ मा इग्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

Share.

Leave A Reply