विश्वकप फुटबलको छनौट अन्तर्गत स्पेन विजयी, स्पेन २२ अंकसहित समूहको शीर्ष स्थानमा

0


२१ भदौ । रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह जी मा रहेको स्पेनले लिचेस्टाइनलाई ८–० ले हराएको हो । अवे मैदानमा भएको खेलमा स्पेनले पहिलो हाफमा चार र दोस्रो हाफमा तीन गोल गरेको थियो । राति नै भएको खेलम इटालीले इजरायललाई १–० ले हरायो भने मेसेडोनिया र अल्बानियले १–१ को बराबरी खेले । जितपछि स्पेन २२ अंकसहित समूहको शीर्ष स्थानमा छ भने १९ अंकसहित इटाली दोस्रो स्थानमा छ । उज्यालोको सहयोगमा

Share.

Leave A Reply