विश्वकपको पहिलो खेलमा रसिया विजयी

0

गैँडाकोट, ३१ जेठ । विहिबारदेखि सुरू भएको विश्व फुटबलको महाकुम्भको उद्घाटन खेलमा रसिया विजयी भएको छ । २१ औं विश्वकप फुटबलको पहिलो खेलमा आयोजक रूसले एसियाली राष्ट्र साउदी अरबलाई ५ – ० ले पराजित गरेको छ । रसियाका लागि युरी ग्याजिन्सकीले पहिलो गोल गर्नुभयो । उहाँले एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली भित्र पठाउनुभएको थियो । यस्तै खेलको ४३औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पार्नुभयो । खेलको ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाउनुभएको थियो । उहाँले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गर्नुभएको हो । अन्तिम ३ मिनेटको थप समयमा रसियाले चाँैथो र पाँचौ गोल गरेको थियो ।

Share.

Leave A Reply