विवादमुक्त गैँडाकोट हाम्रो चाहना – कंडेल

0

गैँडाकोट नगरपालिका नगरसभाको पहिलो नगरअधिबेसन सकिएसँगै न्यायिक समितिले पनि पुर्णता पाएको छ । उपमेयरको संयोजकत्वमा गैँडाकोट १ का सुरेन्द्र रेग्मी र वडा नं १३ की छविकला पाण्डे सदस्य रहनेगरि न्यायिक समिति बनेको हो ? करिब ४४ करोडको बजेट अनुमान गरेको नगरपालिकाका भावि योजना, नगरसभाले राखेका निति तथा कार्यक्रम तथा न्यायिक समितिका विषयमा गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलसँग गरिएको कुराकानीको सम्पादीत अंश ।
न्यायिक समिति भनेको के हो ?

कानुन बमोजिम आफ्नो नगरक्षेत्रभित्रका विबाद निरुपण गर्न नगरपालिकाका हकमा उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय एउटा समिति गठनहुने कानुनत ब्यवस्था छ त्यो नै न्यायकि समिति हो । यो नगर सभाले पारित गर्नुपर्ने प्रावधान हुन्छ । दुई जना सदस्य नगरसभा भित्र वाट लिनुपर्ने प्रावधान छ । हाम्रो नगरसभाले न्यायिक समितले भर्खरमात्र पुर्णता दिएको छ ।
यसले के काम गर्छ ?

नगरक्षेत्रभित्र देखिएका सबै प्रकारका विवाद न्यायसंगत तरिकावबाट टुंगाउने वा किनारा लगाउने काम यो न्यायिक समितिले गर्नेछ । जसले गर्दा नगरबासीलाई सानातिना विवादका कारण अद्धाअदालत जानुपर्ने अवस्था आउनेछैन ।

 

न्यायिक समतिले गरेको निर्णय अदालतले गरेसरह हुन्छ र ?

हे न्यायिक समति नेपालको संविधानको धारा २१७ बमोजिम गठनहुने काुनुनी मान्यताप्राप्त समिति भएको हुँदा अदालतले गरेको निर्णय सरह नै न्यायिक समतिले गरेको निर्णयले मान्यता पाउछ ।

 

विवाद निरुपणको लागि त कानुनी ज्ञान पनि चाहियला के त्यो कानुन ज्ञान न्यायिक समितिलाई छ ?
हे पक्कैपनि कानुनी ज्ञानको आवश्यकता पर्दछ । कतिपय कुरामा त व्यवहारिकताले पनि कानुन सिकाउँदो रहेछ । कुनै विवाद सुन्दै गर्दा आफैलाई पनि यो अन्याय भयो यसलाई यसो गर्नु उचित हुन्छ भनेर उत्तिनै खेर निर्णय लिन सकिन्छ । तर कुनै कुनै कुरामा कानुनी प्रावधान पनि जान्नुपर्ने हुन्छ । भोलीका दिनमा यो न्यायलयलाई व्यवस्थित गरेर लैजानका लागि काुननी सल्लाहकारको पनि आवश्यकता पर्दछ । काुननी सल्लाहकार वा विज्ञ राख्न सकिने व्यवस्था पनि छ । संयोगले म विगत लामोसमयदेखि यस नगरपालिकाको मेलमिलापकर्ताको रुपमा काम गरिरहेको सदस्य भएका हुनाले यो विषय मैले त्यति जटिल सम्झेको छैन ।

यसले कहिले देखि काम सुरु गर्छ ?

सानातिना विवादहरु हामीले अहिलेपनि हेरिरहेको अवस्था छ । तर ठ्याक्कै न्यायिक समिति मार्फत काम हामी छिट्टै शुरुवत गलर्दैछौं । गत असार २८ गतेको नगरसभाको अधिवेसनवाट न्यायिक समितिले पुर्णता पाएको छ । आगामी दिनमा कसरी अगाडि वढ्ने स्पष्ट खाका पनि प्राप्त भैसकेको छैन त्यो पनि आउला । त्यसैअनुरुप काम गर्न पनि सजिलो हुनेछ । विवाद धेरै हेर्न भन्दा पनि विवादमुक्त गैँडाकोट होस भन्ने न्यायिक समितिको चाहना छ ।
भर्खरै नगर अधिबेसन सकिएको छ ? यहाँले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ? बजेटको आकार त निकै ठुलो बनेको छ नि ?

गत असार २७ र २८ गते दुई दिनमा गैँडाकोट नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्दिष्ट गरे अनुरुप गाउँपालिकाको हकमा उपाध्यक्षले र नगरपालिकाको हकमा उपप्रमुखले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था भएअनुरुप प्रस्तुत भएको हो । यसमा सरसर्ती हेर्दा बजेटको आकार ठूलो देखिएपनि त्यति ठूलो पनि छैन । किनकि यसैभित्र तोकिएको शीर्षकमा खर्च गर्ने नेपाल सरकारबाट प्राप्त हुने शसर्त अनुदान ११ करोड ४३ लाख ५८ हजार पनि समावेश भएको हुँदा यो रकम ठूलो देखिनु स्वभाविक हो । समानीकरण अनुदान २७ करोड ४७ लाख ९२ हजार छ । आन्तरिक स्रोतबाट प्राप्त हुने चार करोड ७८ लाख दुई हजार यसैबाट नगरपालिकाको चालु खर्च र विकास खर्च गर्न सकिन्छ । तसर्थ मलाई यो अंक त्यति ठूलो हो जस्तो लाग्दैन ।

बजेटमा आन्तरिक स्रोतवाट जम्मा ४ करोड ७८ हजार र वाह्य स्रोतवाट ३८ करोड ९१ लाख अनुमान छ वाह्य स्रोतवाट यति बजेट आउछ भन्ने ग्यारेन्टी के छ ?

बजेटको आन्तरिक स्रोत अन्तर्गत प्राप्त हुने रकम चार करोड ७८ लाख दुई हजार छ । यो रकम यस नगरपालिकाभित्र संचालनमा रहेका विभिन्न क्षेत्रहरु जसलाई सानोतिनो करको दायरमा ल्याउँदा मालपोत र रजिष्ट्रेसनबाट प्राप्त रकम हो । बाह्य स्रोतबाट प्राप्त ३८ करोड ९१ लाख ५० हजार यो नेपाल सरकारबाट प्राप्त अनुदान हो । अनुदानको लागि छुट्टाइएको रकम प्राप्त हुन्छ नै कर अन्तर्गत सम्पत्ती कर घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, हाटबजार पसल बहाल, विटौरी शुल्क आदि पर्दछन् ।

आन्तरिक स्रोतवाट त्यति बजेट उठ्छ भन्ने के आधार छ ?

आन्तरिक स्रोतबाट यति रकम उठ्छ भन्ने आधार प्रष्ट छ । उपप्रमुखको संयोजकत्वमा राजश्व परामर्श समिति गठन छ । यस समितिमा व्यापक छलफल र सल्लाहबाट यो अंक निकालिएको छ । यो उठ्ने रकम नै हो ।
विकासको प्राथमिकता खास के मा दिदै हुनुहुन्छ ?

विकासका कामहरु गर्नुपर्ने धेरै छ । धेरैवर्षसम्म जनप्रतिनिधि नभएको अवस्थामा विकासले गति लिन सकेको छैन । अहिले निर्वाचन पश्चात् आम नगरबासीले ठूलो अपेक्षा राख्नुभएको छ । यो स्वभाविक पनि हो । अहिले विशेष गरी यो वर्ष भौतिक पूर्वाधार निर्माण, बाटो, विजुली , सौर्यवत्ति, शिक्षा , स्वास्थ्य, कृषि तथा पशु, सिंचाई, वन वातावरण तथा भू संरक्षण, खानेपानी, महिला बालबालिका, अपांग तथा ज्येष्ठ नागरिक लक्षीत कार्यक्रम खेलकुद विकास कार्यक्रम आदिलाई प्राथमिकता दिएको छ ।

 

यहाँले प्रस्तुत गरेको निति तथा कार्यक्रममा समृद्ध गैँडाकोट महाअभियान बर्ष भन्नुभएको थियो यो भनेको के हो ?

आगामी पाँच वर्षभित्रमा यस गैँडाकोट नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने लक्ष्य अनुरुप नै यस वर्षमा त्यस्ता कृयाकलापहरु संचालन गरिने र पाँच वर्षमा पुरा हुने समृद्ध नगरपालिकाको रणनैतिक रुपमा खाका तयार गरेर अगाडि बढ्ने भएको हुँदा यस वर्षलाई समृद्ध गैँडाकोट महाअभियान वर्ष भनिएको हो । सिंह दरबारको अधिकार वडावडामा नगरबासीले अनूभूत गरिसक्नुभएको छ । माथि भनिएजस्तै विकासका सबै गतिविधिलाई अगाडि बढाउदै गर्दा महाअभियानको चरण पूरा हुनेछ ।

 

भनेको ५ बर्षमा गैँडाकोट समृद्ध बन्छ ?

आगामी पाँच वर्षमा गैँडाकोटलाई समृद्ध बनाउन सकिन्छ । देशमा कुनै राजनीतिक अस्थिरता आएन प्रदेश र संघको तोकिएकै समयमा निर्वाचन भयो र सबै अधिकार नगरमा हस्तान्तरण भएर सोचे अनुरुप काम गर्न पाइयो भने समृद्ध गैँडाकोट बनाउन सकिन्छ ।
कुराकानीको अन्त्यमा गैँडाकोट नगरसभाभित्र कत्तिको एकता छ ?

गैँडाकोट नगरसभाभित्र हामी ९५ जना छौँ । हिजोका दिनमा जे जसरी जो जहाँबाट आएपनि हामी सबै गैँडाकोट नगरबासीलाई सेवा दिन्छौ र गैँडाकोटको विकासका लागि समर्पित हुन्छौँ भनेर नै आएका हौँ । सबैको लक्ष्य र उद्देश्य एउटै छ , त्यसैले एकता राम्रो हुन्छ ।
तर काँग्रेसको दुई तिहाई प्रतिनिधि र एमालेको मेयर सहित १ तिहाई प्रतिनिधि हुँदा यहाँहरुले पेल्नुभएको छ रे नि ?

दुई तिहाई र एक तिहाई परिणामले देखाएको कुरा हो । कुनै पनि विषयवस्तुका बारेमा कसैले बहस छलफल नगरी र कार्यपालिकामा निर्णय नभई कुनै काम अघि बढाउन हुँदैन निति र विधिसंगत तरिकाले अघि बढ्नु पर्दछ । नगरसभा कार्यपालिका सबैमा आफ्नो अपनत्वको अनुभूत हुनुपर्दछ । तसर्थ पेल्नु भन्दा पनि सुशासन र पारदर्शी तरिकाले अघि बढ्नुपर्दछ भन्नेमा हाम्रो जोड हो । सधैँ नियमसंग तरिकाले नै अघि बढ्न सकियो भने सबैलाई समेटेर लैजान सकिन्छ जस्तो लाग्छ ।

 

त्यसोभए गैँडाकोट वासीले कहिले परिवर्तनको आभाष गर्न पाउछन त ?
गैँडाकोट बासीलाई परिवर्तनको आभास दिलाउन हरेक वडा वडामा अध्यक्षज्यूहरु र सदस्यज्यूहरु मार्फत केही काम सानो तिनो सुरुवात भइसकेको छ । तथापि प्रथम नगरसभामा प्रस्तुतगरिएको बजेट वडा वडामा पुगेर काम गर्ने चरणमा अबको ६–७ महिनामा नै यसको आभाष नगरबासीले पाउनुहुनेछ । हामी छिटो भन्दा छिटोआभाष दिलाउने कुरामा आतुर छौँ ।

Share.

Leave A Reply