विराट कोहलीको फोटो हटाएर आईसीसीले ट्वीटरमा राख्यो नेपाली खेलाडीको फोटो

0

नेपालले पपुवा न्यूगिनीलाई हराएर र नेदरल्याड्सले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेको हो ।नेपाली क्रिकेट इतिहासमै यो एउटा सुनौलो अक्षरले लेखिएको छ ।
नेपालको यो सफलतालाई आयरल्याण्डका क्रिकेटरदेखि आईसीसीसम्मले बधाई दिएका छन् । नेपालको सफलतामा आईसीसीले आफ्नो अफिसियल ट्वीटर र फेसबुक पेजको कभर फोटो नै चेन्ज गरेको छ ।
यसअघि भारतीय कप्तान विराट कोहलीको तस्बिर राखिएको कभरपेजमा आज नेपाली क्रिकेट खेलाडीको फोटो राखिएको छ । नेपालको यो सफलतालाई आईसीसी, सन्दीप लामिछाने अनुबन्धित आईपीएल टोली दिल्ली डेयरडेभिल्सम्मले बधाई दिएका छन्

Share.

Leave A Reply