विराटनगर पराजित भएपछि चितवन टाइगर्स प्ले अफमा

0

काठमाडौँ, ३ पौष । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्स प्ले अफमा पुगेको छ । चितवनले अब इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्ससँग खेल्नेछ । काठमाडौंसँग विराटनगर पराजित भएपछि चितवन टाइगर्स प्ले अफमा पुगेको हो । प्रतियोगितामा ललितपुर र काठमाडौंबीचको खेल आज हुनेछ ।

 

काठमाडौं किङस इलेभेन पनि लिगको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । काठमाडौंले अब फाइनल प्रवेशका लागि क्वालिफायरमा ललितपुर प्याट्रियट्ससँग खेल्नेछ । ललितपुर ८ अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायरमा पुग्न सफल भएको छ ।

 

सोमबार भएको खेलमा साविकको विजेता विराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं क्वालिफायरमा पुगेको हो । साविकको विजेता विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । टियु क्रिकेटमा मैदानमा विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौंले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो । काठमाडौंका लागि केभिन ओ ब्राएनले अविजित ४५ रन बनाउनुभयो । यस्तै काठमाडौंका लागि प्रदीप साहुले अविजित २१ रन जोड्नुभयो । विराटनगरका लागि पारस खड्का र भान डेर मेर्वीले समान २–२ विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्काको विराटनगरले १७ ओभर ५ बलमा अलआउट हुँदै १०० रन बनाएको थियो ।

विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५ रन जोड्नुभयो । यस्तै हरि बहादुर चौहानले २२ रन जोड्दा कप्तान पारस खड्काले २१ रन बनाउनुभयो । विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट लिनुभयो । यस्तै बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले २–२ विकेट लिनुभयो । जितसँगै काठमाडौंले ५ खेलबाट ८ अंक जोडेको छ ।

Share.

Leave A Reply