विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा चितवनमा दिप प्रज्वलन

0


तिलक सुवेदी
नारायणगढ, १ चैत । नेपाल ईन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितावन शाखाले विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामामा भरतपुर लायन्सचोकमा आज दिप प्रज्वलन गरी भावपुर्ण श्रद्घाजञ्जली ब्यतm गरेको छ । गत फागुन २८ गते त्रिभुवन अन्तराट्रिय बिमानस्थलमा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन गरेको नेपाल ईन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितावन शाखाका सल्लाकार नारायण प्रसाद सापकोटाले बताउनुभयो । कार्यक्रमा नेपाल ईन्स्योरेन्ज प्रोफेसनल सोसाईटी चितावन शाखाका अध्यक्ष भरत मल्लले अकालमा ज्यान गुमाउने सम्पुर्णलाई दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परीवार प्रति हार्दिक समाबेदना प्रकट गर्नुभएको थियो । कार्यक्रमा नेपाल ईन्स्योरेन्ज प्रोफेसनल सोसाईटी चितावन शाखाका महा सचिव शंकर अधिकारी, उपाध्यक्ष राम कुमार अधिकारी, कोषाध्यक्ष इन्द्र राज सुवेदी, सचिव रमेश कुमार पौडेल लगाएत अन्य पदधिकारीको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply