विप्लव नेकपा माओवादीको बन्द/गैडाकोट १४ बेल्डीयामा बम भेटिएको आशंका

0

डोलराज रानाभाट, ५ वैशाख । नयाँ वर्षको सुरुवातसँगै नेपालीहरुले विप्लव नेकपा माओवादीले गरेको वन्दले सास्ती खेप्नुपरेको छ । मुख्य राजमार्गहरुमा बम फेला पर्न थालेपछि सवारीसाधनहरु संचालन छैनन् ।

विहानै फाट्टफुट्ट केहि सवारी संचालन भएपनि विस्तारै पातलिदो छ ।  हिँसात्मक वन्ने गरेको विप्लव माओवादीको बन्दमा आज देशका विभिन्न ठाउँमा वम भेटिएको आशंका गरिएको छ ।

बम जस्तो देखिने धेरै ठाउँमा भेटिएको शंकाष्पदवस्तुहरुको निष्कृयका लागि अहिले नेपाली सेनाको प्राविधिक टोली ठाउँठाउँमा खटिएको छठाउँठाउँमा खटिएको छ । गैडाकोट १४ बेल्डीया पुलको पश्चिम तर्फ भेटिएको शंकाष्पद वस्तुको निष्कृयका लागि अहिले नेपाली सेना त्यहाँ आइपुगेको छ । हिजै चौधरी उद्योगको गेटवाहिर पनि बम विस्फोट भएको थियो ।

त्यस्तै रुपन्देहीमा ३ ठाउँमा बिस्फोट भएको जनाईएको छ । बिहान ३ बजेतिर सैनामैनामा ठूलो आवाजसहित बिस्फोट भयो, तेस्तै देवदहको धकधैइमा पनि बिहान ४ः३० बजेतिर ठूलो आवाज सहित विस्फोट भएको छ । यस्तै यता भैरहवा बाट बुटवल तर्फ जाँदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ।

रुपन्देहीको कोटीहवा नजीकै ( टाईगर प्यालेस जाने बाटोमा) बम भेटीएर आर्मीको टोली द्वारा डीस्पोज  गरेको सुचना प्राप्त भएको छ । यस्तै यता पाल्पाको रिब्दिकोट गाउपालिकाको कार्यालयमा पनि बम बिस्फोट भएको समाचार छ ! विस्फोटले गाउपालिका भवनमा क्षति पुगेको छ भने, सिसाहरु सबै फुटेका एक प्रत्यक्षदर्शीले बताए ।

Share.

Leave A Reply