विप्लपको बन्द फिर्ता

0

गैडाकोट, १३ चैत्र । राष्ट्रिय मानवअधिकार आयोग, परीक्षा नियन्त्रण कार्यालय र नेपाल वार एशोसियसन को आग्रहलाई स्वीकार गर्दै विप्लप माओवादीले आह्वान गरेको चैत्र १६ गतेको वन्द फिर्ता लिएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा नेपाल बन्द नगर्न आग्रह गरिएपछि त्यसलाई स्वीकार गर्दै वन्दको कार्यक्रम फिर्ता लिइएको हो । चैत १६ गते माध्यमिक शिक्षा परीक्षामा जनसंख्या तथा वातावरण विषयको परीक्षा परेको छ ।

बन्दले आम नागरिकको स्वतन्त्रपुर्वक हिडडुल गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, पेशा व्यवसाय र रोजगारी लगायतको अधिकार उपभोगमा बाधा पुग्ने भन्दै आयोगले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा चन्दा, विस्फोट, हत्या हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न पनि विप्लव समूहलाई आग्रह गरिएको छ ।

Share.

Leave A Reply