विपद्मा साथ र समर्थनः विजयको अभियान

0

गैँडाकोट ३२ साउन ।

विजय एफएमले सुरु गरेको राहत अभियानमा सहयोग रकम संकलन जारी छ । हालसम्म नवलपरासी सहायता केन्द्र बेल्जीयम १ लाख रकम सहायताको लागी सचिव हरिप्रसाद सापकोटाले प्रतीवद्धता जनाउनुभएको छ । यस्तै विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजय विकास श्रोत केन्द्र, विजय लघुवित्तमा कार्यरत कर्मचारीको तर्फबाट १ दिनको तलब बराबरको रकम प्रतीबद्धता भएको छ । यस्तै विहादी गाउँपालीका खरिपाटा पर्वतका गोविन्द पराजुलीबाट १ हजार रकम सहयोगको प्रतीवद्धता आएको छ ।

रेडियोमार्फत बाढी पिडित र पहिरोप्रभावितका लागी सहयोग गर्न चाहनुहुनेहरुले विकु बचत तथा ऋण सहकारी संस्थामा रहेको भिडिआरसीको खाता नं १०० मा रकम जम्मा गर्न सक्नुहुनेछ । खातामा जम्मा गर्न सम्भव नहुनेहरुले ९८५५०५१८०२ नंबरमा सम्पर्क गर्न तथा आईएमई गर्न सक्नेछन् । लगातारको बर्षाले देशमा विभिन्न भागमा बाढीपहिराले क्षती पुगेको भन्दै आफ्ना चौधौ बार्षीक उत्सवका सबै कार्यक्रम रोकेर एफएम राहतमा जुटेको एफएमका स्टेशन म्यानेजर ध्रुवमणी पौडेलले जानकारी दिनुभयो । सहयोग गर्न चाहने महानुभावले रेडियोबाट आफ्नै आवाजमा रकम घोषणा समेत गर्न सक्ने रेडियोले जनाएको छ ।

विजय परिवारको संयुक्त प्रयासमा विपदमा परेकाहरुका लागी अभियान थालीएको विजय एफएमका संस्थापक अध्यक्ष एवं विजय विकास श्रोत केन्द्रका अध्यक्ष खेम सापकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply