विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहलाई निर्देशन ।।

0


गैँडाकोट, १९ अषाढ । मनसुनको समयमा बाढीपहिरोजस्तो विपत् व्यवस्थापनका लागि तयार रहन सरकारले स्थानीय तहहरुलाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको हो । मन्त्रालयले स्थानीय तहहरुलाई पत्र लेखेरै विपत् व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्यका लागि तयार रहन भनेको हो । विपत् व्यवस्थापनको विषय संविधानले तीनै तहको साझा अधिकारका रुपमा उल्लेख गरेको छ । स्थानीय तहले एकल अधिकारका रुपमा समेत विपत् व्यवस्थापनमा भूमीका निर्वाह गर्नुपर्ने भएकाले विपत् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न भनिएको मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply