विनोदको रिहाइका लागि रानाभाट तथा भाट समाज सक्रिय/ अभियान्ता भूषालमार्फत पनि ५ लाख बढि संकलन

0


डोलराज रानाभाट, असार १५ । कतारको जेलमा रहनुभएका चितवनका विनोद रानाभाटको रिहाइका लागि रानाभाट तथा भाट समाज नेपाल केन्द्रीय समिति र चितवन जिल्ला समितिले एक १ लाख रुपैया सहयोग गरेका छन् । त्यस्तै पोखरा १७ डाडाको नाक बाट कल्पना रानाभाटको नेतृत्वमा संकलित रकम २१ हजार ७ सय ६० रुपैया श्रीवहादुर रानाभाटले शनिवार समितिलाई हस्तान्तरण गर्नुभएको छ । आगामी अक्टोवर महिनासम्म अदालतले तोकेको ब्लडमनी २ लाख ६० हजार कतारी रियल रकम वुझाएमात्रै उहाँ रिहा हुने भएपछि अहिले समाज सक्रिय भएको हो ।

शनिवार पीडितको घरमै पुगेर परिवारजनलाई भेटी रकम संकलनलाई थप तिव्रता पार्न केन्द्रीय समितिले महासचिव हरि वहादुर रानाभाटलाई र चितवन जिल्लामा मनोज रानाभाटलाई संयोजक तोकि विनोद रानाभाट रिहाई उद्दार समितिसँग सहकार्य गर्न जिम्मेवारी दिएको छ ।  माडीका कृष्ण वहादुर रानाभाटको संयोजकत्वमा गठीत समितिको मातहतमा रहि रकम संकलन कार्यलाई तिव्रता पार्ने केन्द्रीय अध्यक्ष बाबुराम रानाभाटले जानकारी दिनुभयो ।

साथै परिवाजनलाई नआत्तिन र जसरी पनि विनोदलाई नेपाल ल्याउने कार्यमा रानाभाट तथा भाट समाज लागिपर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । संकलनको थालनी १ लाखकको चेक हस्तान्तरण गर्दै सुरु भएको बताउदै विनोद एक नेपाली भएको र कुनै जाती धर्म वर्ण केहि नभनी सहयोग गर्न सवैमा विनम्र अनुरोध समेत गर्नुभएकोछ । साथै अहिलेसम्म रकम संकलनमा सहयोग पुर्याउने सवै अभियान्ता, रकम दाता तथा सम्पूर्णमा हार्दिकता व्यक्त गर्दै रिहाई नहुँदासम्म यहि खालको सक्रियतालाई निरन्तरता दिन आग्रह गर्नुभयो । चितवन जिल्ला अध्यक्ष ज्ञान बहादुर रानाभाटले पनि एक लाखकको चेक हस्तान्तरण गर्दै रकम संकलनलाई तिव्रता दिने र चाँडै विनोदको रिहाइका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक अभियान्ता अर्जुन भुषालले आफ्नो संस्था सामथ्र्य नेपालबाट पनि हाल सम्म ५ लाख बढि रकम संकलन भइसकेको र एउटा नेपाली भाई विनोद रानाभाटको रिहाइमा देश तथा विदेशबाट सहयोग गर्नेसवैमा धन्यवाद सहित थप सहयोगका लागि आह्वान गर्नुभएकोछ । अहिले विभिन्न टोलविकास संस्था, व्यक्ति, विद्यार्थी, व्यवसायीहरुले सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । साथै चितवन युवा समुहपनि सक्रिय रहेको छ भने रकम संकलन पारदर्शी र विवादरहित वनाउन विनोद रानाभाट रिहाई उद्दार समितिले छापेको रसिदमात्रै प्रयोग गर्नेपनि निर्णय भएको छ ।

Share.

Leave A Reply