विनियोजन विधेयकको विरोध गर्दै कांग्रेसद्धारा प्रदेशसभा बैठक अवरुद्ध

0


सनिल सिवाकोटी
हेटौँडा, १० असार । नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को संसद अवरुद्ध गरेको छ । विनियोजन विधेयकको विरोध गर्दै कांग्रेसले मंगलबार प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।  बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले विनियोजन विधेयक नीति तथा योजना आयोगलाई पूर्ण रुपमा वेवास्ता र अपमान गरेको बताउनुभयो । नीति तथा कार्यक्रम अनुसार नै सानातिना आयोजनामा बजेट विनियोजन गर्ने परिपार्टीलाई निरुत्साहित गर्न पचास लाख रुपैया भन्दा माथिका आयोजना मात्र छनौट गरी कार्यान्वयन ल्याउने भनिएको पनि १० लाख रुपैंयासम्मको बजेट राखेर आर्थिक अनुशासन मिचेको बानियाँको भनाई थियो । अर्थ विविध शिर्षकमा ८ अर्ब बजेट छुट्याउँदा अनियमितता हुने बानियाकोे भनाई छ । १३ जिल्ला मध्ये ४ जिल्लालाई मात्रै बजेट राखिएको, मन्त्रीमुखी मात्रै बजेट विनियोजन भएको जस्ता मुद्धा कांग्रेसले उठाएको छ । रसुवा र सिन्धुपाल्चोकलाई कृषिमा बजेट शुन्य पारेर असली चरित्र प्रर्दशन गरेको नेता बानियाँले बताउनुभयो ।

Share.

Leave A Reply