विनय त्रिवेणीमा निःशुल्क स्वास्थय शिविर

0


विनयी त्रिवेणी, २१ जेठ । विनय त्रिवेणी वडा नम्बर ६ र ७ को सयुक्त आयोजनामा एक दिने निशुल्क स्वास्थय शिविर आज स्वास्थ्य चौकी त्रिवेणीमा सम्पन्न भएका ेछ । विनय त्रिवेणी वडा नम्बर ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विनय त्रिवेणी वडा नम्बर ६ का वडाध्यक्ष प्रितम बहादुर गुरुङले स्वास्थय सेवाको पहुच बाट टाढा रहेको विपन्न वर्गलाई निशुल्क स्वास्थ शिविरले स्वास्थय सेवा पुराएका ेचर्चा गर्दै स्वास्थ्य सेवा नै विकाुको प्रमुख पुर्वधार भएकोले राष्ट्यि लगानीलाई पुर्ण सदुपयोग गर्ने नागरिकको कर्तव्य रहेको बताउनु भयो । स्वास्थ्य शिविरमा चिसापानी अस्पातल बर्दघाट २ चिसापानीका वरिष्ठ मेडिकल अधिकृत डाक्टर नुरुल होहोदा , स्वास्थय अधिकृत मन्जीला घिमिरे, सञ्जिव शर्मा , प्रकाश श्रेष्ठ लगायतले स्वास्य परिक्षण गर्नु भएको थियो । निशुल्क स्वास्थय शिविरमा २ सय ५० विरामीहरुको स्वास्थय परिक्षण गरिएको त्रिवेणी स्वास्थय चौकीका प्रमुख राम जुलुम यादवले जानकार दिनु भएको छ ।

Share.

Leave A Reply