विनयी त्रिवेणी २ लाई वालमैत्री वडा घोषणा गरिने

0

गैडाकोट, २ चैत्र । विनयी त्रिवेणी गाउंपालिका वडा नम्बर २ लाई दुई वर्ष भित्र वालमैत्री वडा घोषणा गरिने भएको छ । त्यसका लागि सामूहिक प्रतिवद्ध जनाइएको छ ।  विनयी त्रिवेणी गाउंपालिका २ वडा कार्यालयद्वारा आयोजित बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि सरोकारवालाहरुको अभिमुमिखिकरण पश्चात सामुहिक प्रतिवद्वता जनाइएको हो ।

वडा भित्र रहेको विद्यालय व्यवश्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, फोकल पर्सन, स्वास्थ्यकर्मी, प्रहरी, बाल क्लबका प्रतिनीधि, विद्यार्थी, सरकारी, गैरसरी संघ–संस्था प्रतिनीधि, जनप्रतिनीधि सहित ६० जना सहभागीता रहेको अभिमुखिकरणको सहजिकरण वालमैत्री शासन अभियान्ता तथा वाल न्याय समिति नवलपु जिल्ला अदालतका सदस्य केबी रानाले गर्नुभएको थियो ।

वालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यविधि २०६८ अनुसार २७ वटा सेवा मुलक सुचकहरु, १२ वटा संस्थागत विकास सम्बन्धी सूचकहरु र १६ वटा तहगत खुड्कीलाहरु पुरा गरेपछि वालमैत्री स्थानीय शासन लागु हुने प्रावधान छ । विनयीत्रिवेणी–२ का वडाअध्यक्ष विष्णु ढकालले विनयी त्रिवेणीमा पानीको समस्याले गर्दा अन्य सुचकहरु पुरा भएपनि वालमैत्री वडा घोषणा गर्न समस्या रहेको धारणा राखनुभयो । १ वर्ष भित्र वडावासीलाई शुद्व पानीको व्यवस्था पश्चात २०७७ असार मसान्त भित्र वालमैत्री वडा घोषणा गर्ने गरि कार्ययोजना अगाडी सारेको अध्यक्ष ढकालको भनाई छ ।

Share.

Leave A Reply