विनयी त्रिवेणी र विजय विकास स्रोत केन्द्र बिच गरिबी सूचांक अध्ययनका लागि सम्झौता

0

गैडाकोट, २२ वैशाख ।  विनयी त्रिवेणी गाउँपालिका र विजय विकास स्रोत केन्द्र गैंडाकोट नवलपुरबीच गाउँपालिकाको बहुआयामिक गरिबी सूचकांक अध्ययनका लागि गाउँकार्यपालिकाको कार्यालय दुम्किबासमा सम्झौता भएको छ । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीको उपस्थितिमा सम्पन्न उक्त सम्झौतामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्याल र विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले हस्ताक्षर गर्नुभएकोछ । यस अध्ययनले देशले स्वीकार गरेको दीगो विकास लक्ष्य प्राप्तिका लागि स्थानीय सरकारलाई योजना निर्माण र सोका लागि बजेट विनियोजन गर्न सहयोग पुर्याउने छ ।

Share.

Leave A Reply