‘विधिसम्मत रुपमा नगरसभा राख्न मिले छलफल गरौँला’ – नगरप्रमुख पौडेल (भिडियो सहित)

0

श्रीधर उपाध्याय,गैँडाकोट, २७ बैशाख । गैँडाकोट नगरपालिकाको चौँथो नगरसभाको पूर्णताको लागि नगर सभा सदस्यले माग गरेका छन् । शुक्रबार एकतिहाई नगरसभा सदस्यहरुले हस्ताक्षर गरेको माग पत्रमा जतिसक्दो छिटो नगरसभालाई पूर्णता दिन आह्वान गरेका हुन् । यस अघि बैशाख १४ गते नगरसभा स्थगित भएको थियो ।

नगरसभामा उठाइएका मागलाई जतिसक्दो छिटो सम्बोधन गरी नगरसभालाई पूर्णता दिन गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल समक्ष माग गरिएको हो । नगरसभा सदस्य गोविन्द कोइराल, प्रकाश सापकोटा, तेजप्रसाद घिमिरे, बालप्रकाश अधिकारी, ईश्वरीप्रसाद चापागाईं लगायतका सदस्यहरुले विधि र पक्रियामा गइ नगरसभालाई पूर्णता दिनुपर्ने बताएका हुन् ।

गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले स्थानीय सरकार सञ्चालन ऐन का साथमा नगरसभा सञ्चालन गर्न व्यवहारिक देखिएको खण्डमा नगरसभाले पूर्णता पाउने बताउनुभयो । नगरसभा सदस्यहरुको अस्तित्वलाई सम्मानपूर्वक रुपमा आफूले हेरिरहेको नगरप्रमुख पौडेलले बताउनुभयो ।

नगरसभा सदस्य गोविन्द कोइरालालले देशभरी गलत परिचयको रुपमा परिचित बन्दै गएको नगरपालिकाको प्रतिष्ठा जोगाउनु नगरप्रमुखको कर्तव्य समेत भएको बताउनुभएको छ । नगरप्रुख अभिभावक भएको नाताले सबैलाई सहकार्य र भातृत्वको भावनामा समेट्ने प्रयासलाई अझ बढी जोड दिन आग्रह गर्नुभएको छ ।

नगरप्रमुख पौडेललाई बुझाइएको मागपत्रमा “आर्थिक वर्ष २०७५÷०७६कालागी नगरसभाले स्वीकृत गरेका कार्यक्रम र बजेट बाहेक थप आन्तरिक आम्दानी र अनुदान रकमको पूरक बजेट ल्याई नीति अनुसार कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने महत्पुर्ण दायित्व पुरा गर्नु पर्ने र हाल सम्म पनि लेखा समिति गठनको प्रस्ताव नगरसभामा नआएको हुनाले लेखा समिति समेत गठन गर्न विशेष बैठक बस्नुपर्ने आवश्यकता महसुस गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४ दफा १९ उपदफा ३ बमोजिम नगरसभा बिशेष बैठक बोलाइएको हो ।” उल्लेख गरिएको छ ।

Share.

Leave A Reply