विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग/पक्राउ परेका पत्रकार गिरीको रिहाइका लागि महासंघ नवलपुरले धर्ना दिने

0

डोलराज रानाभाट,गैडाकोट, ४ वैशाख । समाचार लेखेकै आधारमा पक्राउ परेका नेपाल पत्रकार महासंघ कास्कीका साधरण सदस्य अर्जुन गिरी लाई पक्राउ गरेको घटना प्रति नेपाल पत्रकार महासंघ नवलपरासी पुर्बी शाखाले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“पत्रकारको हात बाँध्ने र मुख थुन्ने गरि ल्याईएको बिद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ तत्काल खारेजका लागि  महासंघले जोडदार माग गर्दछ”अध्यक्ष होमराज रानाभाटद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

समाचार लेखेकै आधारमा पटक पटक बिद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गरि मानसिक यातना दिने काम तत्काल रोक्न र पक्राउ परेका पत्रकार गिरीको अबिलम्ब रिहाईको लागि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

साथै आजै बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा बिरोधको कार्यक्रम पनि आयोजना गरिएको नेपाल पत्रकार महासंघ नवलपरासी वर्दघाट सूस्ता पूर्वका अध्यक्ष होमराज रानाभाटले जानकारी दिनुभयो  ।

Share.

Leave A Reply