विजय होलि उत्सव २०७५, खुल्ला म्युजिकल चियर तथा घैंटो फुटाई प्रतियोगिता सम्पन्न

0

गैंडाकोट । नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाले विजय होलि उत्सव २०७५ को आयोजना गरेको छ ।

रंगहरुको पर्व होलीको अवसर पारेर वर्षेनी कार्यक्रम गर्दै आएको एफएमले यसवर्ष पनि निरन्तरता दिएको हो । सो अवसरमा एक आपसमा रङ दलेर स्रोता आफन्त दर्शक तथा पाठकसँग शुभकामना साटासाट गरिएको थियो । विजय होली उत्सव २०७५ का अवसरमा खुल्ला म्युजिकल चियर तथा घैंटो फुटाई प्रतियोगिता सम्पन्न भएको छ ।

एफएम परिषरमा आयोजित म्युजिकल चियरमा विजय सामुदायिक शिक्षा सदनकी सहायक प्रधानाध्यापक रेखा श्रेष्ठ विजयी हुनुभयो भने घैंटो फुटाई प्रतियोगितामा गैंडाकोट ८ की विमला सापकोटा सविता तिवारी र राजु पौडेल विजयी हुनुभयो ।

विजयी हुनेहरुलाई विजय एफएम १०१.६ र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटा, प्रर्वद्धक संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटा र विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेलले संयुक्तरुपमा प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले यस पर्वले एक आपसमा भाइचारा बढाउने, असत्य माथि सत्यको विजयी, एक आपसमा खुशीयाली बाँड्नु लगायतका विशेषता बोकेको बताउँदै सवैमा होलीको शुभकामना व्यक्त गर्नुभयो ।

करेन्ट मसलाको मुख्य प्रायोजनामा आयोजित विजय होली उत्सव २०७५ मा ओम साईनाथ ईलेक्ट्रोनिक्स सहिदचोक नारायणगढले पुरस्कार सौजन्य गरेको थियो ।

कार्यक्रमलाई भव्य र सभ्य रुपमा मनाउन सहयोग गर्नुहुने श्रोता आफन्त, पाठक, विज्ञापनदाता तथा शुभचिन्तक लगायत सवैमा एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्ययाले आभार व्यक्त गर्नुभएको छ ।

कार्यक्रमको विजय एफएमबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । सांस्कृतिक पर्वको रुपमा मनाईने पर्व होली आज पहाडमा र भोली तराइमा मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको मानिन्छ ।

Share.

Leave A Reply