विजय सामुदायीक शिक्षा सदनका बालबालीकाद्धारा सडक बालबालीकालाई सहयोग

0

भदौ २९


बालमैत्री शासनः बालअधिकारको सम्मान भन्ने सन्देशका साथ आज देशैभर बालदिवस मनाईएको छ ।हरेक बर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् । उनीहरुका अनुसार, देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ ।
यसैबिच सडक बालबालीका हरुका लागी विजय सामुदायीक शिक्षा सदनमा अध्ययनरत बिद्यार्थीहरुले शैक्षीक तथा स्टेशनरी सामाग्री सहयोग गरेका छन् । चितवनको कल्याणपुरमा सञ्चालीत सडक बालबालीकाका लागी प्रहरी नागरीक अभियानमार्फत अध्ययनरत ३७ बालबालीकाहरुलाई शैक्षीक सामाग्री प्रदान गरीएको हो ।

विजय बाल क्लवको आयोजनामा बिद्यालयका शिक्षक बिद्यार्थीहरुबाट संकलीत सहयोग रकमबाट शैक्षीक र खेल सामाग्री खरिद गरी सडक बालबालीकालाई दिईएको क्लवकी अध्यक्ष स्नेहा विक ले बताउनुभयो । सहयोग वितरण कार्यक्रममा बोल्दै बिद्यालयकी सहायक प्राचार्य रेखा श्रेष्ठले बिद्यार्थीहरुको पहल बिद्यार्थीहरुकै लागी भएको बताउनुभयो । उहाँले सडक बालबालीकालाई दयाँ र माया भन्दा पनि अवसर र सहयोग आवश्यक रहेको बताउनुभयो । बिद्यालयका शिक्षक बसन्त शर्माले सहजीकरण गर्नुभएको सहयोग बितरण कार्यक्रममा स्थानीय समाजसेवी बिष्णुप्रसाद खरालले प्रहरीको प्रयासमा स्थानीय अगुवाहरुको साथ र समर्थनमा विभिन्न कारणबाट सडकमा पुगेका बालबालीकाहरुको उद्धार गरी पठनपाठन सुरु भएको र ति बालबालीकाले युवा अवस्थामा कामको अवसर पाउने बताउनुभयो ।

Share.

Leave A Reply