विजय सामुदायीक विजयी

0


गैँडाकोट, १४ श्रावण । आइतबार भएको एन्फा कप अन्तर मावि स्तरीय छात्र छात्रा फुटबल प्रतियोगितामा छात्रा तर्फ विजय सामुदायिक शिक्षा सदन विजयी भएको छ । छात्रा तर्फको फाईनल खेलको उपाधि विजय सामुदायिक शिक्षा सदन गैडाकोट ५ ले उचालेको छ । सरस्वती निकेतन गैँडाकोट र विजय सामुदायीक शिक्षा सदन बीच भएको खेलमा विजयी सामुदायिकले २ गोल गरेको थियो भने सरस्वती निकेतनले १ गोल मात्र गर्न सक्यो । विजय सामुदायिक शिक्षा सदनका लागि कविता कंडेल र आशिका खरेलले गोल गर्नुभएको थियो ।  विजेता हुदै विजय सामुदायिकले नगद ६ हजार र उपविजेता सरस्वती निकेतनले ४ हजार नगद प्राप्त गरेको छ ।
यसैगरी छात्र तर्फ पूर्णभद्र्र मावि पन्चनगर भुताहा बिजयी भएको  छ । भुताहा र भु पु सैनिक प्रवास एकेडेमी गिरुवारी बीच भएको खेलमा भुताहा ३÷२ गोल अन्तरले बिजयी भएको छ  । प्रथम हँुदै पूर्णभद्र माविले नगर १२ हजार  रुपैया प्राप्त गरेको छ भने, उपबिजेत गिरुवारीले ८ हजार रुपैयाँ प्राप्त गरेको छ । यस्ते आइतबारनै भएकोे फाईनल प्रतियोगिताको उद्धघाटन कार्यक्रम कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनको प्रमुख आतिथ्य र नवलपरासी जिल्ला फुटवल संघका अध्यक्ष सेत बहादुर पुनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Share.

Leave A Reply