विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी १९ औँ वर्षमा प्रवेश

0

गैंडाकोट चैत्र २२ । विजय एफएम तथा विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड आजदेखि १९ आँै वर्षमा प्रवेश गरेको छ ।

विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा एकीकृत विकासको अवधारणाअनुरुप विभिन्न संघसंस्था र व्यक्तित्वहरुको सहकार्यमा सहकारी अवधारणाअनुरुप सूचनामा सबैको पहुँच स्थापित गर्न यस सहकारीको स्थापना भएको थियो ।
‘सत्य तथ्य सुचनाको सञ्चार, जनशसक्तिकरणको मूल आधार’ भन्ने भावलाई आत्मसाथ गर्दै वि.सं. २०५७ साल चैत्र २२ गते तत्कालिन सहकारी डिभिजन कार्यालय नवलपरासीमा दर्ता भई सुचनाको क्षेत्रमा क्रियाशिल रहेका छ । संस्थामा हाल ३ सय ६१ सेयर सदस्य रहेका छन् ।
यस सञ्चार सहकारी स्थापना भएको पाँचौ वर्षमा समाजमा विकृति न्यूनिकरण र समाजको प्रगतिलाई उजागर गर्दै सकरात्मक परिवर्तनका लागि विजय एफएम १०१.६ को स्थापना भएको थियो ।


यस्तै आफ्नो १५ औँ वर्षको दौरानमा वि सं. २०७२ साल कार्तिक २४ गतेदेखी छापा पत्रकारीताको सुरुवात गरेको छ । छापा पत्रकारिताको माध्यम विजय खबर पत्रिका समाजको प्रष्ट दर्पणको रुपमा स्थापित बन्दै गएको छ ।
विजय एफएमको ऐनाको रुपमा स्थापित www.vijayafm.org.np अहिले विजय अनलाइनको नाममा विश्वमाझ परिचित बन्दै गएको छ । विजय अनलाइनले स्थानीय स्तरमा भएका सामाजिक रुपान्तरण, विकास निर्माण र स्थानीय कला संस्कृतिलाई विश्वमा र विश्वलाई स्थानीय स्तरमा जोड्ने काम गरिरहेको छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको विश्वजगत र स्थानीयलाई जोड्दै सामाजिक सवलीकरणमा टेवा पु¥याउने उद्देश्यलाई विजय अनलाइनले अवलम्बन गर्दै अघि बढिरहेको छ ।

संस्थालाई क्षेत्रीय सञ्चार गृहको रुपमा स्थापित गर्ने लक्ष्यको साथ अघि वढिरहेको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले आज स्थापना दिवश मनाउँदै छ । स्थापना दिवशका अवसरमा विजय परिवार अन्र्तक्रिया गर्दैछ ।
दिवसको अवसरमा शुभकामना दिंदै विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलले स्थानीय स्तरमा रहेको सहकारीले स्थानीय स्रोत साधनको उपयोग गरी रोजगारी वृद्धिसँगै गरिबी न्यूनिकरणमा सहयोग पु¥याउन निरन्तर लाग्नुपर्ने बताउनुभयो । अझ सहकारीलाई व्यवस्थित गर्दै समाजमा शुसासन, अभिव्यक्ति स्वतन्त्रता तथा सूचनामा पहुँच स्थापनाका लागि प्रतिबद्य रहेको उहाँले उल्लेख गर्नुभएको छ । समाजमा समुदायको पहुँच वृद्धि गरी शसक्तिकरण र सूचनाको पहुँच अभिवृद्धिका लागि विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था निरन्तर लागिरहने बताउनुभएको छ । साथै उहाँले यो स्थान सम्म ल्याईपु¥याउनु हुने सेयर सदस्य, शुभचिन्तक, प्रर्वधक संस्था, विज्ञापनदाता, स्रोता, पाठक, कर्मचारीहरुलाई आभार व्यक्त गर्दै आगामी दिनमा अझै रचनात्मक साथ र सहयोगका लागि आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply