विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १७ औँ साधारण सभा सम्पन्न, विजय एफ एम गैँडाकोटको परिचय बनेको उपप्रमुख कंडेलको भनाई, सामाजिक परिवर्तनका लागि नगरपालिका सहकार्यगरी अघि बढ्न इच्छुक

0


गैँडाकोट, २५ कार्तिक । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १७ औँ साधारण सभा सम्पन्न भएको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले विजय एफ एम गैँडाकोटको परिचय बनेको बताउनुभयो । कंडेलले विजय एफ एम र विजय खबर पत्रिकासंग सहकार्य गरेर सामाजिक परिवर्तनका लागि गैँडाकोट नगरपालिका अघि बढ्न इच्छुक रहेको समेत बताउनुभयो । स्थानीय शासनका विषयमा रेडियोको लक्ष्य र गैँडाकोट नगरपालिकाको एउटै लक्ष्य भएकाले पनि अघि बढ्न कुनै कठिनाइ नहुने समेत कंडेलको भनाइ थियो ।

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटाले सकरात्मक सामाजिक परिवर्तनका साथ मानवीय जीवनशैलीका विषयवस्तुमा रेडियोले च्वाइस दिने काममा अघि बढेको बताउनुभयो ।

संस्थाको प्रवर्धक संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले संघियताको कार्यान्वयनका सन्दर्भमा र कार्यन्वयनका क्रममा भएका वेथिति र सुशासनका कुरामा रेडियोले जोड दिन आग्रह गर्नुभयो ।

यस्तै अर्को प्रवर्धक संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव प्रसाद सापकोटाले रेडियोको भवन र रेडियो मौलाकालिकाबाट प्रसारण भएपछि १० वर्ष पुरानो सपना पुरा भएको बताउनुभयो । सापकोटाले रेडियोले समाजको गतिलाई पहिचान गर्दै असल मार्ग निर्देशन गर्नु रेडियोको भूमिका भएको बताउनुभयो ।

साधारण सभामा संस्थाका सल्लाहकार तिलक प्रसाद सापकोटा, सिद्धकुमार श्रेष्ठ र गोविन्दराज विनोदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यस्तै सम्पूर्ण सहकारीहरुको तर्फबाट जिल्ला बचत संघका अध्यक्ष माधव प्रसाद गौतमले संस्थाको उन्नतिका लागि शुभकामना दिनुभएको थियो ।


साधारण सभामा आर्थिक वर्ष २०७३÷७४ को प्रगति विवरण तथा चालु आर्थिक वर्ष २०७४÷७५ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम संस्थाका सचिव नारायण प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । सापकोटाले सकारात्मक सामाजिक रुपान्तरणका लागि नमुना सामुदायिक सञ्चार गृहका रुपा संस्था निरन्तर लक्ष्यका साथ अघि बढेको बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७३÷७४ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७४÷७५ को प्रस्तावित बजेट संस्थाका सहसचिव युवराज सापकोटाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा प्राविधक राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट विज्ञापनदाताको रुपमा एब्सुल्युट कम्प्युटर्स नारायणगढ र म्याक्स मिडिया काठमाडौँ, उत्कृष्ट व्यक्तिगत शेयर धनि बालगोपाल चुके, यसैगरी उत्कृष्ट संस्थागत शेयर धनिको रुपमा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको हो ।


साधारण सभामा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष भूमिराज चापागाईंले रेडियोले समाजमा ल्याएको परिवर्तननै संस्थाको मुनाफा भएको बताउनुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा विजय सूचना तथा संचार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलले लेखा समिति, शेयर सदस्यहरुबाट प्राप्त सुझाबलाई शिरोधार्य गरेर अघि बढ्ने साथै स्रोता आफन्त, विज्ञापन दाता, कर्मचारी, संस्थापक संचालक समिति देखि पूर्व सञ्चालक समितिसम्मका पदाधिकारीहरुलाई धन्यवाद प्रकट गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, गैँडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, ५ का वडा अध्यक्ष नवराज कंडेलको उपस्थिति रहेको थियो ।
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको वि.सं. २०५७ सालमा स्थापना भएको थियो । विजय विकास स्रोत केन्द्रको एकीकृत विकासको अवधारणा अनुरुप यस सूचना तथा सञ्चार सहकारीको स्थापना भएको थियो । समुदायको सूचनामा पहुँच वृद्धि गरी सशक्तिकरण गर्नु प्रमुख लक्ष्यका साथ स्थापित यस सहकारीबाट सुने जितिन्छ विजय एफ एम १०१.६ र प्रत्येकको घर विजय खबर प्रसारण तथा प्रकाशन हुँदै आएका छन् । विजय एफ एम आज भन्दा १४ वर्ष अघिबाट निरन्तर प्रसारण हुँदै आएको छ भने विजय खबर पत्रिका तीन वर्ष अघिबाट प्रकाशन हुँदै आएको छ ।
विजय खबर तेस्रो वर्षमा प्रवेश
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा प्रकाशित विजय खबर पत्रिका तेस्रो वर्षमा प्रवेश गरेको छ । समाजमा कला संस्कृतिको जगेर्ना, विकाससंग सम्बन्धित बहस र सामाजिक गतिविधिलाई उजागर गर्दै सुशासनका लागि खबरदारी गर्ने उद्देश्यका साथ प्रकाशित विजय खबर २०७२ कार्तिक २४ गतेबाट प्रकाशनमा आएको हो । समाजमा हुने कुरीति, विसंगति र व्यथितिका विरुद्ध आवाज उठाउँदै आएको विजय खबरले शिक्षा भित्रको राजनीति, सहकारीताको प्रवर्धन तथा व्यवस्थापन, स्थानीय विकास र सुशासनका लागि पहिचान बनाउन सफल भइसकेको छ ।

 

 

Share.

Leave A Reply