विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाको १८ औं साधारणसभा शनिबार हुदैं

0

कार्तिक १६, गैंडाकोट । विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १८ औं साधारणसभा शनिबार हुदैंछ ।

कार्यक्रम विजय सामुदायिक शिक्षा सदनको सभाहलमा १७ गते दिउँसो २ बजेदेखी शुरु हुने संस्थाका अध्यक्ष गोपिनाथ खरेलले जानकारी दिनुभयो । साधारणसभामा आर्थिक वर्ष २०७४÷०७५ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७५÷०७६ को प्रस्तावित कार्यक्रम, आय व्यय विवरण, लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुका साथै लेखा परिक्षक नियुक्ति र विविध विषयमा छलफल हुने संस्थाका सचिव नारायण सापकोटाले जानकारी दिनुभयो ।

विजय विकास श्रोत केन्द्र र विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाईमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफ.एम. र विजय खबर पत्रिका मार्फत समाजमा सुचना र सन्देश प्रवाह गर्दै आईरहेको छ ।

संस्थामा हाल ३५७ जना सेयर सदस्य रहेका छन् ।

Share.

Leave A Reply