विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाको १८ औं साधारणसभा सम्पन्न

0


विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको १८ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । विजय सामुदायिक शिक्षा सदनको सभाहलमा भएको कार्यक्रममा बोल्दै गैडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलले विजय एफमले गैडाकोट नवलपुर र चितवनका क्षेत्रमा मात्र नभएर राष्ट्रिय रुपमै छुटटै पहिचान बनाउन सफल भएको बताउनुभयो ।

त्यस्तै गैडाकोट नगरपालीकाका नगर–उपप्रमुख बिष्णु कुमारी कंडेलले सत्य तथ्य सुचना दिनका लागि स्थापना भएको रेडियोले आफनो लक्ष्य पुरा गर्न सफल भएकोे बताउनुभएको छ । जनप्रतिनिधि सम्म पुग्न नसकेका स्थानमा रेडियो पुगि नगरपालिकालाई सचेत बनाउने काम प्रशंसा योग्य रहेको बताउँदै नमुना ग्राम सञ्चार अभियान निकै प्रशंसनिय कार्यक्रम रहेको बताउनुभयो ।

विजय बिकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले रेडियो र पत्रिका संवेदनशील भएको हुनाले सचेत हुँदै अघि बढ्नुपर्ने सुझाब व्यक्त गर्नुभयो । यसैगरी गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले संस्थाले समाजमा विभिन्न गतिविधिलाई पस्किएर उदाहरणीय काम गरिरहेको बताउनुभयो । नगरको विकासका लागि आफ्नो ठाउँबाट सकरात्मक भूमिका निर्वाह गरीरहेको बताउनुभयो ।
साधारण सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम संस्थाका सचिव नारायण प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । सापकोटाले सकारात्मक परिबर्तनका लागि प्रयास गर्दे सामाजिक रुपान्तरणका लागि आवाज बिहिनको आवाज बनेर अगाडी बढेको बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७५÷७६ को प्रस्तावित बजेट संस्थाका कोषाध्यक्ष शालीकराम घिमिरेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लेखा समितिको प्रतिवेदन समितिका संयोजक वेदप्रसाद गौडेलले प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाका उपाध्यक्ष भूमिराज चापागाईंले रेडियोले समाजमा ल्याएको परिवर्तन नै संस्थाको मुनाफा भएको बताउनुभएको छ । रेडियो सामुदायीक हुनु नै यसको सुन्दर पक्ष भएको बताउँदै, उँहाले कुनै निश्चित बाद र बिचारको लागि नभई समाजको बिचार रेडियोले बोलीरहेको बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेल, कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटा, निर्वतमान अध्यक्ष इन्द्रराज ज्योती पौडेल, विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवप्रसाद सापकोटा, विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेल, विजय लघुवित्त वित्तिय संस्थाका नायव कार्यकारी अधिकृत नारायण सापकोटा, विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका उपाध्यक्ष माधवप्रसाद पौडेल, सल्लाहकार समिति सदस्य सिद्धकुमार श्रेष्ठ, पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष ईश्वरीप्रसाद चापागाईं, प्रेस चौतारी नवलपुरका अध्यक्ष हिमालदेव पंगेनी, पूर्व स्टेशन म्यानेजर सन्ध्या सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभामा उत्कृष्ट कर्मचारीको रुपमा उत्पादन प्रमुख सिर्जना न्युरेलाई सम्मान गरिएको थियो । शेयर सदस्य हरिप्रसाद सापकोटा, उत्कृष्ट बिज्ञानदाता जय श्री फुडसलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष गोपिनाथ खरेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको छ । विजय विकास श्रोत केन्द्र र विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाईमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफ.एम. र विजय खबर पत्रिका मार्फत समाजमा सुचना र सन्देश प्रवाह गर्दै आईरहेको छ । संस्थामा हाल ३५७ जना सेयर सदस्य रहेका छन् ।

Share.

Leave A Reply