विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

0

गैंडाकोट । विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

विजय सामुदायिक शिक्षा सदनको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले सहकारी विद्यालय भएकोले नाफा मूलक भन्दा पनि गुणस्तरी शिक्षाका लागि अग्रसर भएकोमा प्रशंसा गर्नुभएको थियो ।

यसैगरी संस्थापक अध्यक्ष केशवप्रसाद सापकोटा, निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटा, संस्थाका पुर्व उपाध्यक्ष गोपालप्रसाद कंडेल, विजय फाउण्डेशन नेपालका अध्यक्ष त्रिलोचन सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव लक्ष्मण कंडेलले संस्थाको प्रगातिप्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष परमेश आचार्यले प्रस्तुत गर्नुभएको थियो । लेखासमितिको प्रतिवेदन लेखा समिति सदस्य मेघराज कंडेलले प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका विभिन्न पक्षका बारेमा कार्यकारी प्रमुख खेमराज सापकोटाले जानकारी गराउनुभएको थियो भने प्रगति प्रतिवेदन प्रिन्सिपल रामचन्द्र न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पार्वती कंडेलले राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष टीकाराम कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हाल संस्थामा ९ वटा संस्था सहित ३ सय ३० सेयर सदस्य रहेका छन् । २०५८ सालमा स्थापित विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडले २०५९ सालदेखी विजय सामुदायिक शिक्षा सदन दर्ता गरि सञ्चालनमा रहेको छ । विद्यालयमा हाल कक्षा नर्सरीदेखी कक्षा १२ सम्म १ हजार ७९ विद्यार्थीहरु अध्ययनरत छन् ।

Share.

Leave A Reply