विजय सामुदायिक शिक्षा सदन १६ औँ वर्षमा प्रवेश

0


गैँडाकोट । बिजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित बिजय सामुदायिक शिक्षा सदनले आज मंगलबार १६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै छ । स्थापना दिवशको सन्दर्भ, अभिभावकको सम्मानको रुपमा वार्षिक रुपमा मनाउने गरिएको वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीका प्रतिभा प्रस्तुती, अभिभावकका सुझाब लिने कार्यक्रम हुने विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभएको छ । आजको कार्यक्रममा विजय बाल क्लब, विजय बचत समूह, जुनियर रेडक्रस सर्कल, आइटी क्लब, इको क्लबले आयोजना गरेको कार्यक्रमका बारेमा अभिभावकलाई जानकारी दिने कार्यक्रम समेत हुने छ ।
नेपालमा दुई पक्षबाट शिक्षा क्षेत्र चलिरहेको अवस्थामा सरकारी र निजि बाहेक सहकारीको अवधारणाबाट विद्यालयको स्थापना भएको थियो । मुलुकु द्धन्दबाट गुज्रिरहेको अवस्थामा विद्यालयलाई कसरी शान्ति क्षेत्र बनाउन सकिन्छ, कसरी विपन्न वर्गलाई समेटेर शिक्षा प्रदान गर्न सकिन्छ भनि विसं. २०५८ सालबाट विद्यालय सञ्चालन सुरु भएको कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो ।

सहकारीको माध्यमबाट विद्यालय सञ्चालन गर्न सकिन्छ भन्ने अभियान विजय सामुदायिकले सुरु गरेको सापकोटाले बताउनुभयो । यस विद्यालयले समाजमा राम्रो छवि बनाउन सकेको र देशमा छुट्टै अभियान सुरु गर्न सहजता बनाएको सापकोटाको भनाई छ ।

वातावरण मैत्री र बाल मैत्री विद्यालयको रुपमा परिचित बनिसकेको विद्यालयले अझै आफ्ना भौतिक पूर्वाधारलाई विद्यार्थी मैत्री हुने गरी निर्माण कार्य अघि बढाउने कार्य गरिरहेको छ । पठनपाठनमा विद्यार्थीको चाहना अनुसार आगामी शैक्षिक सत्रमा विज्ञान संकाय, होटल म्यानेजमेन्ट सुरु गर्ने गरी कार्यक्रम अघि बढीसकेको कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो ।

विजय सामुदायिक शिक्षा सदनको १६ औँ वार्षिकोत्सवको कार्यक्रम आज साढे १० बजे गैँडाकोट ५ मा रहेको विद्यालयको प्रांगणमा साढे १० बजे सुरु हुने छ ।

Share.

Leave A Reply