विजय सामुदायिकका विद्यार्थीले देखाए “स्मार्ट सिटी देखि लिभिङ वीथ द घोष्ट”

0


गँैडाकोट । विजय सामुदायिक शिक्षा सदन गँैडाकोट ५ का विद्यार्थीले स्मार्ट सिटी बनाएका छन् । विद्यालयको वार्षिकोत्सवको अवसरमा उनिहरुले नमुना स्मार्ट सिटीको प्रदर्शन गरेका थिए । गैँडाकोट नगरपालिकाले गैँडाकोटलाई स्मार्ट सिटी बनाउने भनि केही समय यता निति तथा कार्यक्रममा समेटीरहेको छ ।गँैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले समेत नमुना स्मार्ट सिटीको अवलोकन गर्नुभएको छ । उहाँले विद्यार्थीहरुको विज्ञान प्रदर्शनी लगायत अन्य प्रदर्शनी स्टलको अवलोकन गरी विद्यार्थीको प्रशंसा समेत गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पौडेलले शिक्षा विना नगर र देशको समृद्धि सम्भव नभएको बताउनुभयो । समृद्धिको यात्रा गुणस्तरीय शिक्षा विना अधुरो समेत रहेको पौडेलले बताउनुभयो । विद्यार्थीहरुको लगनशीलता र वैज्ञानिक आविष्कार र प्रतिभाले नगरको भोलीका दिन उज्जल हुने बताउनुभयो । नगरको भविष्यका लागि संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षा पस्कदै आएको बताउनुभयो । नगरप्रमुख पौडेलले रोजगारी मूलक शिक्षा नीतिका लागि गैँडाकोट नगरपालिका सदैब सचेत रहेको प्रष्ट पार्नुभयो ।


विजय सामुदायिक शिक्षा सदन सहकारी मोडेलमा सञ्चालित सहकारी विद्यालय हो । विद्यालयले सोमबार १७ औँ वार्षिकउत्सव सम्पन्न गरेको छ । विजय सामुदायिक शिक्षा सहकारी संस्थाबाट सञ्चालित विजय सामुदायिक शिक्षा सदन वि.सं. २०५९ सालबाट विधिवत दर्ता भई सञ्चालनमा आएको हो ।


वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामचन्द्र न्यौपानेले विद्यालयले समयानुकल गुणस्तरीय शिक्षाका लागि विविध कार्यक्रम अघि बढाइरहेको बताउनुभएको छ । प्रिन्सिपल न्यौपानेले विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म करिब १२ सय भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको बताउनुभयो । यसै वर्षदेखि व्रिटिस काउन्सीलको सहयोगमा यस विद्यालय अन्र्तर्राष्ट्रिय स्कूल अवार्डमा सहभागि भइ विभिन्न कार्यक्रम गरेको न्यौपानेले बताउनुभयो ।


विजय सामुदायिक शिक्षा सदनमा विद्यार्थीहरुको व्यक्तित्व विकास र प्रतिभा प्रष्फुटनका लागि शिक्षकले मात्रै नभएर विद्यार्थी स्वयं संस्थागत रुपमा अघि बढ्ने गरेका छन् । विद्यालयमा जुनियर रेडक्रस सर्कल, विजय विद्यार्थी कोअपरेटिभ ग्रुप, विजय बाल क्लब, विजय आइटी क्लब जस्ता समूहले काम गरिरहेका छन् ।
विद्यार्थीहरुमा पूर्विय संस्कारको झुकाब
विजय सामुदायिक विद्यालयका विद्यार्थीका प्रतिभा मध्ये धेरै जसो प्रतिभा पूर्विय संस्कार र संस्कृतिबाट प्रभावित रहेका थिए । साना कक्षा देखि ठूला कक्षा सम्मका सबै विद्यार्थीहरुले संस्कृत र संस्कृतिसंग जोडिएका प्र्रस्तुती दिएका थिए । सरस्वती माताको वन्दना वाचन, सरस्वती स्तोत्रमा शास्त्रिीय नृत्यको प्रस्तुतीकरण, कक्षा ६ मा अध्ययनरत विद्यार्थीको स्वस्ती वाचन प्रस्तुतीले धेरैको मन तानेको थियो ।


लिभिङ विथ द घोष्ट
सामाजिक सञ्जालको सिकार बनिरहेका विद्यार्थीहरुलाई मध्य नजर गर्दै विद्यार्थीहरुले “लिभिङ विथ द घोष्ट” नाटकको मञ्चन गरेका थिए । विहान उठे देखि बेलुका सुत्ने बेलासम्म थाहै नपाइ फेसबुक, युट्युब, भिडियो गेम, टिकटकमा पढाइ, स्वास्थ्य विगार्ने गरी दिन बिताइरहेको नाटक मञ्चन गरेका थिए । अभिभावकको नियन्त्रण र विद्यार्थीको संयमता र अनुशासन दुबै भएन भने फेसबुक, युट्युब र टिकटक जस्ता भूतहरुसंग दिन विताउँदा त्यसले पार्ने प्रभावका सन्दर्भमा सन्देश प्रस्तुत गरेका थिए ।


वर्षिकोत्सव कार्यक्रममा उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । अभिभावक ईश्वरी प्रसाद घिमिरे र रविना माप्छनलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष पार्वती कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले गर्नुभएको थियो ।  कार्यक्रमको अध्यक्ष विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेल रहनुभएको थियो ।


कार्यक्रममा प्रबर्धक संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका  सचिव गोविन्द रिमाल, राधाकृष्ण स्मृति फाउण्डेशनका प्रवर्धक एवं विजय कन्सल्टिङ प्रालीका अध्यक्ष बसन्तराज लम्साल, विजय श्री उपभोक्ता सहकारीका आनन्द चालिसे,  प्याब्सन केन्द्रीय सदस्य लक्ष्मी दवाडी, प्याब्सन नगर समिति गैँडाकोटका सचिव विनोद पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम सापकोटा, समाजसेव ओमप्रसाद सापकोटा, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

 

Share.

Leave A Reply