विजय विकास स्रोत केन्द्रको ३३ औं वार्षिक साधारण सभा आज हुदैं

0

कार्तिक ४ गैंडाकोट । सामाजिक विकासमा क्रियाशिल विजय विकास स्रोत केन्द्रको ३३ औं वार्षिक साधारण सभा आज हुदैंछ ।

गैंडाकोट ८ स्थित केन्द्रको चेतना सदनमा आज बिहान ८ बजेपछि कार्यक्रम शुरु हुने केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले जानकारी दिनुभयो । साधारण सभामा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन तथा वार्षिक कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको विजय विकास स्रोत केन्द्रका सह सचिव भुमीराज चापागाईले जानकारी दिनुभयो ।

विजय युवा क्लबको नामबाट २०३६ सालमा स्थापित भएर समुदायमा जनचेतना, स्वास्थ्य सरसफाई र खेलकुदको कार्यक्रमबाट आफ्ना पाईला अगाडि बढाएको संस्थाले अहिले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफ्नो छवि निर्माण गर्न सफल भएको छ ।

Share.

Leave A Reply