विजय विकास स्रोत केन्द्रको चार दशक पार, स्थापना दिवसमा वृक्षारोपण

0


प्रेम क्षेत्री
असार २६, गैंडाकोट । विजय विकास स्रोत केन्द्रले चार दशक पार गरेको छ । केन्द्रले बिहिबार ४१ औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा गैंडाकोट २ नारायणी नदि किनार स्थित विजय युवा वृक्षारोपण क्षेत्रमा बिहान वृक्षारोपण गरेको छ । विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले दिवसका अवसरमा वृक्षारोपणसँगै समिक्षा गरिएको बताउनुभयो ।
केन्द्रका संस्थापक अध्यक्ष ऋषीराम सापकोटाले २०३६ सालमा निरंकुश शासन व्यवस्था विरुद्ध आफ्ना आवाज उठाउन संगठित हुने काम भएपनि यो सामाजिक विकासमा क्रियाशिल रहेको बताउनुभयो । सामाजिक हित र स्वतन्त्रताका पक्षमा वकालत गर्दै अघि वढ्दै जाँदा सफल र उदाहरणिय संस्थाका रुपमा स्थापित भएको बताउनुभयो ।


निवर्तमान अध्यक्ष खेमराज सापकोटाले समुदायको आवश्यकता पुर्तीका लागि केन्द्रको जन्म भएको उल्लेख गर्दै देशका विभिन्न क्षेत्रमा सेवा पु¥याउँदै आएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा पनि गैर सरकारी संस्थाहरुले सूचना तथा आर्थिक समृद्धिका क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।
पुर्व अध्यक्ष नारायण सापकोटाले संस्थाले विभिन्न चरणमा विभिन्न काम गर्दै आईरहेको बताउँदै विजय विकास स्रोत केन्द्रले गरेका काम र सिकाई अनुकरणिय रहेको बताउनुभयो । यसले प्रवद्र्धन गरेका संस्थाहरुले पाएको ख्याती केन्द्रकै देन रहेको उहाँले बताउनुभयो ।


केन्द्रका पुर्व अध्यक्ष केशवप्रसाद सापकोटाले विजय विकास स्रोत केन्द्र देशकै नमुना संस्थाका रुपमा स्थापित रहेको उल्लेख गर्दै उहाँले हालसम्म १ अरब बढिको काम गरेको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक विकासमा ध्यान दिर्दै ज्ञान, सिप र धारणामा परिवर्तन ल्याउनेगरि काम गर्नुपर्ने बताउनुभयो ।
नवलपरासी वर्दघाट सुस्ता पुर्व जिल्ला समन्वय समिति उप प्रमुख शारदा विश्वकर्माले केन्द्रले गरेका प्रवद्र्धनका कामहरु, विकासका काम तथा सिकाई मननयोग्य रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कृषि लगायत पिछडिएको समुदायको उत्थानका लागि संस्थाले काम गर्न आवश्यक रहेको औंल्याउनुभयो ।


सो अवसरमा विजय विकास स्रोत केन्द्रका सदस्य तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा बकाईनो, टिक, म्याङगोस्टोईन, गोलमोल कदम लगायतका करिब २०० विरुवा रोपिएको थियो । केन्द्रले स्थापनाकालदेखी नै हरेक वर्ष वृक्षारोपण गर्दै आईरहेको छ ।
संस्थाले विभिन्न संस्थागत चरणहरु पार गर्दै सर्वाङ्गिण सामुदायिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । यो गैरनाफामूलक, गैर राजनैतिक, सदस्यतामा आधारित र स्वयंसेवी भावनाले अभिप्रेरित भएको नागरिक समाजको प्रतिनिधिमूलक संस्था हो ।


विजय विकास स्रोत केन्द्रले समतामूलक, समृद्ध र मर्यादित समाजको परिकल्पना गरेको छ । यसका लागि निरन्तर लागि पर्ने ध्येयका साथ संस्थाले आफ्नो पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । जस अनुसार यसका बार्षिक कार्यक्रमहरु पाँच वटा क्षेत्रगत विषय अन्तर्गत रही तर्जुमा र कार्यान्वयन भइरहेका छन् ।
बार्षिक कार्यक्रम सञ्चालनका लागि संस्थाले आन्तरिक स्रोतका साथै साझेदारी परियोजनाको रूपमा बाह्य स्रोतहरु परिचालन गर्दै आएको छ । संस्थाका क्षेत्रगत विषयहरुमा सुशासनस वकालत, अभियान र पैरवी, बालबालिका, युवा तथा महिला सहभागिता, सुधारोन्मुख जीविकोपार्जन र तालिम, अनुसन्धान र प्रकाशन रहेका छन् ।

Share.

Leave A Reply