विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न, ४० हजार वढि लाभन्वित

0

प्रेम क्षेत्री, पौष १४ नारायणगढ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नारायणगढको होटल रेड कार्पेटमा भएको साधारण सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । साधारणसभाले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । संस्थामा हाल १९ करोड, ४८ लाख, १० हजार रुपैयाँ सेयर पुँजी रहेको संस्थाका नायब कार्यकारी अधिकृत एवं कम्पनी सचिव नारायण सापकोटाले जानकारी दिनुभयो ।


साधारण सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष कपिल न्यौपानेले हाल ३६ जिल्लाका ५७ वटा शाखाबाट ४० हजार वढि लाभन्वित रहेको बताउनुभयो ।


राष्ट्रिय स्तरको नेपाल राष्ट्र बैंकबाट घ वर्गको ईजाजतपत्र प्राप्त वित्तीय संस्था विजय लघुवित्त वित्तीय संस्थाले यसवर्षमात्रै ७ वटा शाखा थप गरेको संस्थाका अध्यक्ष न्यौपानेले बताउनुभयो ।


विजय लघुवित्त वित्तीय संस्थामार्फत १ अरब ८७ करोड ८५ लाख लगानी गरेको सो अवसरमा जनाईएको थियो । आगामी वर्ष ३८ करोड सेयर पुँजी पु¥याउने संस्थाको लक्ष्य रहेको छ । सदस्यको जिज्ञाशा मेटाउँदै प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले संस्थाले ५ वर्ष अवधिको मध्यकालिन राणनीति तर्जुमा गरी सोही आधारमा वार्षिक लक्ष्य निर्धारण गरेको बताउनुभयो । सो अवसरमा पुर्व सञ्चालक कविन्द्र विक्रम ध्वज जीसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक खेमराज सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । सञ्चालक प्रेमसागर सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक स्वयम्भु शाक्य, फुलमाया रानाभाट, अच्युतहरि अर्याल, पुर्व सञ्चालक एवं नेपाल वित्तीय संघका अध्यक्ष सरोजकाजी तुलाधर लगायत सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply