विजय लघुवित्तद्वारा सवा २ अर्ब लगानी

0

गैंडाकोट, २८ माघ ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड गौरवमय छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा संस्थाले २ अर्ब १६ करोड रुपैंया लगानी गरेको छ ।


गैंडाकोट ४ स्थित फेमली क्याफे पार्टी प्यालेसमा भएको वार्षिकोत्सव समारोहमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले एक वर्षको अबधीमा नै गतवर्ष भन्दा दोब्बर नाफा कमाउन सफल संस्थाले हालसम्म २ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कपिल न्यौपानेले सेवाग्राहीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नु नै संस्थाको मुख्य उपलब्धी रहेको बताउनुभयो । उहाँले संस्थाको अबको योजना सदस्य थप र सेवाग्राहीहरुको ऋणको आवश्यकता परिपुर्ति गर्नु नै रहेको बताउनुभयो ।
संस्थाका नायब कार्यकारी अधिकृत एवं कम्पनी सचिव नारायण सापकोटाले संस्थाबाट हाल ३६ जिल्लाका ५७ वटा शाखाबाट ४२ हजार वढि लाभन्वित रहेको जानकारी दिनुभयो । राष्ट्रिय स्तरको नेपाल राष्ट्र बैंकबाट घ वर्गको ईजाजतपत्र प्राप्त वित्तीय संस्था विजय लघुवित्त वित्तीय संस्थाले यसवर्षमात्रै ७ वटा शाखा थप गरेको उहाँले बताउनुभयो ।

संस्थाका सञ्चालक खेमराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष सरोजकाजी तुलाधर, सञ्चालक सदस्य स्वयम्भु शाक्य, शालिग्राम शर्मा, फुलमाया रानाभाट, अच्युतहरी अर्याल, विजय सामुदायीक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेल, विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव गोविन्द रिमाल लगायत सेयर सदस्य, कर्मचारीहरुको उपस्तिथि रहेको थियो ।

यसअघि विजय लघुवित्त वित्तीय संस्था लिमिटेड गौरवमय छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको सो अवसरमा विजय विकास स्रोत केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले स्वागत गर्नुभएको थियो । सो अवसरमा संस्थाका सदस्य एवं यस क्षेत्रमा नै सवैभन्दा वढि रक्तदान गर्ने रक्तदाता खुमनाथ पौडेलले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विजय परिवारका सदस्य संस्थाका प्रमुख एवं प्रतिनिधी लगायतको कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply