विजय लघुवित्तको यस बर्षको नाफा ३ करोड १५ लाख

0


गैँडाकोट । विजय लघुवित्त वित्तिय संस्था लि. गैडाकोटले यस बर्ष ३ करोड १५ लाख ३१ हजार मुनाफा आर्जन गरेको छ । शनिवार नारायणगढको होटल रेड कार्पेटमा भएको पाँचौ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सरोजकाजी तुलाधरले यस वर्षको मुनाफामध्य १० प्रतिशत शेयर लाभांश र ५ प्रति नगद लाभांश वितरण गरिने जानकारी दिनुभयो । चालु आर्थिक बर्षभित्र लघुवित्तले आफना ४२ शाखालाई बढायर ५० शाखा पुराउने लक्ष्य राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले जानकारी दिनुभयो । उहाँले संस्थाले आगामी ३ बर्षमा ५० जिल्लाका १०० वटा शाखावाट सेवा दिने तयारी गरेको बताउनुभयो ।
संस्थाको शनिवार सम्पन्न अधिवेसनले स्वयम्भु शाक्य, खेमराज सापकोटा, कपिलदेव न्यौपाने र शालिकराम शर्मालाई सर्वसम्मत सञ्चालक समितिमा चयन गरेको छ । साधारणसभामा विभिन्न क्षेत्रमा रहेर काम गर्ने संस्थाका १३ जना कर्मचारीलाई फरक फरक विधामा पुरस्कृत गरिएको थियो । वि.स. २०६८ सालमा स्थापित भएको विजय लघुवित्त वित्तिय संस्थाको १६ करोड १० लाख शेयर पुँजी रहेको छ । छोटो समयमा नै प्रगती हासिल गर्न सफल विजय लघुवित्तले देशका विभिन्न ३० जिल्लाका ४२ शाखाबाट निम्न आर्थिक अवस्था भएका १५ हजारलाई साना ऋणिलाई करिब ९७ करोड ६० लाख ऋण लगानी गरेको छ । गत सातामात्र नवलपरासी जिल्लाको उत्कृष्ट करदाताको रुपमा आन्तरिक राजश्व कार्यलयवाट पुरस्कृत विजय लघुवित्त वित्तिय संस्थामा व्यक्तिगत र संस्थागत गरि १८६ संस्थापक शेयर सदस्य रहेका छन् । विजय परिवार अन्तरगत रहेको विजय लघुवित्त वित्तिय संस्थाको गैँडाकोट ५ मा केन्द्रिय कार्यलय रहेको छ ।

Share.

Leave A Reply