विजय फाउण्डेशन नेपालको सेप द फ्युचर

0


प्रेम क्षेत्री
मंसिर १० गैंडाकोट । नेपाली कांग्रेसका युवा नेता गगन थापाले युवाहरुले नेतृत्व लिनुपर्ने आँट गर्नुपर्ने बताउनुभएको छ । नेतृत्व युवाको हातमा आउने हो भने मुलुकमा परिवर्तन हुने उहाँको दावी थियो । विजय फाउन्डेशन नेपालले कक्षा ११ र १२ पढ्ने छात्र छात्राहरुलाई आफ्नो भविष्य निर्धारण गर्न सहयोग पु¥याउने हेतुले आयोजना गरेको ‘सेप द फ्युचर’ विषयक १ दिने अभिमुखीकरण कार्यक्रममा उहाँले नेपालमा पनि प्रशस्त सम्भावना रहेको बताउँदै यहि केही गर्नुपर्ने बताउनुभयो । विद्यालयमा पढ्दै गर्दा जिज्ञाशा राख्न पछि हट्न नहुने बताउनुभयो । युवाहरुले नकरात्मक सोच भन्दा पनि सकरात्मक सोचमा वढि जोड दिनुपर्ने बताउनुभयो । नेपाल युवाहरु वढि भएको देश भएको बताउँदै उहाँले अबको १५ २० वर्षपछि जापानमा जस्तै बाह्य देशबाट कामदार मगाउनुपर्ने अवस्था आउने बताउनुभयो । निर्मला पन्तको हत्याका विषयमा विजय सामुदायिक शिक्षा सदनकी छात्रा साहारा सापकोटाले राखेको जिज्ञाशा मेटाउँदै सरकारले जिम्मा लिनुपर्ने बताउँदै उहाँले सवैले आवाज उठाउनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले समाजमा परिर्वतन ल्याउन उल्टो दिशामा पनि बहन सक्ने क्षमता हुनुपर्छ । विद्यार्थी जिवनमा सवैभन्दा ठुलो पढाई भएको बताउँदै उहाँले अन्य काममा भन्दा पनि शिक्षामा जोड दिन आग्रह गर्नुभयो । विदेश पढ्न गएपनि पछि स्वदेशमा नै फर्कन उहाँले आग्रह गर्नुभयो । उहाँले २९ वर्षे प्रहरी जिवनमा गरेका अनुभव सुनाउँदै अपराधीको जिवन परिर्वतन गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा बासुदेव अधिकारीले जीवनमा अफ्ठ्यारोपन र संघर्ष भएन भने केही सिक्न नसकिने बताउँदै आफ्ठ्यारो आईहाले आत्तिन नहुने बताउनुभयो ।
खेमराज सापकोटाले देशबाट पलायन र कर्तव्यबाट पलायन भएको बताउँदै युवाहरुलाई यो दुई कुरामा ध्यान दिने हो भने धेरै परिर्वतन पाउन सकिने बताउनुभयो ।
बसन्तराज लम्सालले अरुको देआसिकि भन्दा पनि आफ्नो पहिचान र छुट्टै परिचय बनाउन जरुरी रहेको बताउनुभयो ।
सुप्रभा अर्यालले युवाहरुले आँट गर्नु नै ठुलो कुरा भएको बताउनुभयो । एकपटक असफल हुदैंमा निराश हुने नभई निरन्तर प्रयास गरे सफल भईने बताउनुभयो ।
सुरेन्द्रविक्रम मल्लले आफु नेपालमा नै सम्भावना देखेर फर्किएको बताउँदै विदेशमा भन्दा स्वदेशमा नै सम्भावना रहेको बताउनुभयो ।
विजय फाउन्डेशन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण गर्दै फाउन्डेशनका केशवप्रसाद सापकोटाले युवाहरुलाई यो नै गर्नेभन्दा पनि त्यो गर्दा भविष्यमा के हुन्छ ? भन्नेतर्फ सोच्न आग्रह गर्नुभयो । उहाँले गैंडाकोट क्षेत्रको पहिचान हराउँदै गएको भन्दै त्यो जोगाउन पनि सवै लाग्नुपर्ने बताउनुभयो ।
विजय फाउन्डेशन नेपालले गैंडाकोट नगर क्षेत्रभित्र कक्षा ११ र १२ पढ्ने छात्र छात्राहरुलाई आफ्नो भविष्य निर्धारण गर्न सहयोग पु¥याउने हेतुले राष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्तीहरुको उपस्थितीमा विजय सामुदायिक शिक्षा सदनको प्राङ्गणमा ‘सेप द फ्युचर’ विषयक १ दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

Share.

Leave A Reply